कम्युनिष्ट शासन भएका देश कंगाल छन् : प्रदिप गिरी

कम्युनिष्ट शासन भएका देश कंगाल छन् : प्रदिप गिरी

सिरहा : नेपाली काँग्रेसका नेता प्रदिप गिरीले कम्युनिष्ट शासन भएका देशहरु आर्थिक रुपमा तन्नम भएको भन्दै प्रजातान्त्रिक विचारधारा बोकेका उम्मेदवारलाई भोट हाल्न मतदाता समक्ष आग्रह गरेका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सिरहा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका नेता गिरीले भने, ‘कम्युनिष्ट शासन भएका उत्तर कोरिया र चीनका जनता निस्सासिएर बाँचेका छन् । भेनेजुयला, क्युवा र कम्बोडिया आर्थिक रुपमा तन्नम भएका छन् । त्यसैले नेपालका लागि प्रजातान्त्रिक विचारधारा नै उत्तम हो ।’

 

नेपाल प्रेस युनियन सिरहाले शनिबार लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दशनङ्ग्रा खियाएर काम गर्ने मजदुर र प्रधानमन्त्री दुवैको महत्व बराबर हुने विचारधारा प्रजातान्त्रिक विचारधारा भएको प्रष्ट पारे । ‘कुनैपनि वाद अन्तिम सत्य होइन्, कम्युनिष्ट विचारधारा अधिनायकवादी विचारधारा हो’, उनले भने, ‘यो बहस चुनावको माहौलमा जनताको चेतना उचालिएको बेला व्यापक हुन जरुरी छ ।’

नेता गिरीले वाम र प्रजातान्त्रिक पक्षको तीब्र ध्रुवीकरण्म भइरहेको बेला कुन विचारधारा नेपालका लागि उपयुक्त हुन्छ भन्ने बहस लहानबाटै प्रारम्भ गरेको दावी गरेका छन् । यो बहसलाई सञ्चार माध्यमहरुमा स्थान दिन पनि उनले पटक-पटक आग्रह गरे ।

मधेस मुद्धा सम्बोधन गराउन आफूले संसदमा खेलेको भूमिका सबैलाई राम्रोसँग थाहा भएकोले मधेसी जनता आफूलाई मतदान गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘मधेसवादी दलले अस्वीकार गरेको संविधान मैले पनि स्वीकार गरेको छैन् । संविधानमा हस्ताक्षर पनि गरेको छैन् । संसद बहिस्कारसम्म गरेको छु । त्यसैले मलाई विश्वास छ कि मधेसका जनताले मलाई जिताउँछन् ।’

एक प्रश्नको उत्तरमा उनले स्थानीय स्तरमा फोरम र राजपासँग तालमेल हुने सम्भावना जीवितै रहेको दावी गरे । उनले भने, ‘तालमेलका लागि अझै छलफल जारी छ । भोलीसम्म उम्मेदवारी फिर्ता लिने समय रहेकाले फोरम-राजपा गठबन्धनबीच छलफल चलिरहेका छन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.