कर्मचारीका समस्या बुझ्दै आधिकारिक ट्रेड युनियन
काठमाडौ : निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले कर्मचारी समायोजन गर्दा पर्ने असर र समस्याकाबारे जानकारी लिन थालेको छ । ट्रेड युनियनले शुक्रवार निजामती र स्वास्थ्यतर्फका राष्ट्रिय स्तरका ट्रेड युनियन सँग छलफल गरि कर्मचारी समायोजन गर्दा कर्मचारीका हीतलाई कसरी सम्वोधन गर्न सकिन्छ भन्ने बारेमा सुझाव लिएको छ ।
आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले निजामती र स्वास्थ्य क्षेत्रका कर्मचारीका समस्या सम्वोधन हुने गरि कर्मचारी समायोजन नियमावली बनाउनु पर्ने र सोहीअनुसार समायोजन प्रक्रियाको थालनी गर्नुपर्ने बताए । उनले सरकारी निकायले कर्मचारीको हीतलाई हेरेर कर्मचारी समायोजन नगरेको भन्दै असन्तुष्टि समेत जनाए ।
अध्यक्ष ढकालले हाल देशभर वाट कर्मचारीको सुझाव लिने काम भइरहेको समेत बताए ।