तुलसीपुर उपमहानगरमा ‘हेलो मेयर' सुरु

तुलसीपुर उपमहानगरमा ‘हेलो मेयर' सुरु

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिका दाङको सेवालाई प्रभावकारी बनाउन ‘हेलो मेयर' सेवा सुरु गरिएको छ। नगरको कार्य सम्पादनलाई प्रभावकारी बनाउन तथा जनताप्रति उत्तरदायी र जवाफदेही हुनका लागि हेलो मेयर टोलफ्री नम्वर संगै हेलो मेयर सेवा सञ्चालन गरिएको उपमहानगरका मेयर घनश्याम पाण्डेले बताए।

चारवटा प्रतिधिलाई प्रयोग गरेर हेलो मेयर सेवा सुरु भएको छ। सोही अन्तरगत हेलो मेयर टोलफ्री नं १६६०८२५२००० नम्बर सञ्चालनमा ल्याइएको छ। उपमहानगरले पत्रकार सम्मेलको आयोजना गरी उक्त कार्यक्रमबारे जानकारी गराएको हो। बिहीबारदेखि औपचारिक रुपमा सुरु भएको टोलफ्री नम्बर २४ घण्टा सुचारु हुने मेयर पाण्डेले बताए।

उनले जनताप्रति उत्तरदायी बन्न उक्त अभियान सुरु गरिएको भन्दै सबै खाले गुनासाहरु सेवाग्राही तथा नगरबासीहरुले सिधै मेयर संग राख्न सक्ने बताए। गुनासो सम्वोधन पनि तत्काल गर्ने प्रयास हुने र मासिकरुपमा त्यसको उपलब्धि सार्वजनिक गरिने बताए। त्यो संगै तुलसीपुर उपमहानगरपालिकाले हेलो मेयर तुलसीपुर फेसबुक, ट्वीटर, र जिमेल पनि सुरु गरेको छ। यो सेवाले जनताका आपत्कालिन सेवा र नगरका विभिन्न गतिविधिहरुको समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा राखिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र बहादुर केसीले बताए। चारवटै माध्यमबाट नगरप्रतिको गुनासो दर्ता गराउन सकिने छ।

यो सेवासँगै नगरलाई नो क्यासको अवधारणबाट पनि अगाडि बढाउन लागिएको जानकारी दिइएको थियो। कार्यालयमै बैंक सेवा सुरु गरेर आर्थिक कारोबार चेकबाट गर्ने तयारी भएको मेयर पाण्डेले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.