बुटवललाई प्रदेशको राजधानी तोक्न माग गर्दै मसाल जुलुस

बुटवललाई प्रदेशको राजधानी तोक्न माग गर्दै मसाल जुलुस

बुटवलः प्रदेश नम्बर ५ को राजधानी बुटवल हुनुपर्ने माग सहित आन्दोलन सुरु भएको छ । एमाले निकट अनेरास्ववियु र नेपाली काँग्रेस क्षेत्रीय समितिले छुट्टाछुट्टै कार्यक्रम गरी आन्दोलनको सुरु गरेका छन् ।

अनेरास्ववियुले बुटवलमा आज साझ मसाल जुलुस निकाल्दै आन्दोलन सुरु भएको उद्घोष गरेको हो । अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पसबाट मसाल जुलुस निकालेको थियो । प्रदेश नम्बर ५ को राजधानी बुटवल घोषणा गर, निर्वाचनको मतपरिणाम सार्वजनिक गर लगायतका प्ले ब्यानर सहित विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन ।

मसाल जुलुस ट्राफिक चोकमा आई कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य यमराज पाण्डेले प्रदेशको राजधानी दाङ बनाउने खाका बनाएर लुम्बिनी अञ्चललाई धोका दिन खोजिएको बताए ।

‘अखण्ड पाच नम्बर प्रदेश निर्माणको आन्दोलनको केन्द्रबिन्दुलाई अबमूल्यन भए हामी कठोर आन्दोलनमा उत्रिन बाध्य हुनेछौं', उनले भनेका छन् ।

यस्तै नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर २ ले प्रदेशको राजधानी बुटवल हुनुपर्ने माग गरेको छ । बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेश नम्बर ५ को राजधानी बुटवल हुनुको विकल्प नभएको जनाएको छ ।

काँग्रेस नेता युवराज गिरीले प्रदेशको राजधानी बुटवल बाहिर तोकिए आन्दोलन गर्ने चेतावनी दिए । ‘पार्टीको निर्णय के हुन्छ भन्ने भन्दा हामी बुटवलका नागरिकका हैसियतले प्रदेशको राजधानी माग गरिरहेका छौँ, उनले भने ।

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति हरि लम्सालले आवश्यक भौतिक पूर्वाधार, सुरक्षा एवं औद्योगिक, पर्यटकीय एवं व्यापारिक हिसाबले बुटवल नै उपयुक्त रहेको भन्दै बुटवल नै प्रदेशको राजधानी हुनुपर्ने माग गरे ।

काँग्रेसले आन्दोलनको सांकेतिक स्वरूप बिहीबार बिहान ९ बजेदेखि १० बजे सम्म बुटवल, सैनामैना र मणिग्राममा एक घण्टा चक्काजाम गर्ने बताएको छ । यदि सरकारले बुटवल राजधानी नबनाए आन्दोलनको बेरिबाट भए पनि बुटवललाई प्रदेशको राजधानी बनाएरै छाड्ने बुटवल उपमहानगरपालिकाका नगर सभापति खेलराज पाण्डेले बताए ।

नेकपा एमालेले पनि दबाब मूलक कार्यक्रमको घोषणा गरेको छ । स्थानीय संघस्रंस्थाहरुलाई समेत आह्वान गरी प्रदेशको केन्द्र बुटवल बनाउनका लागि बिहीबार बिहान ११ बजे पुष्पलाल पार्कमा दबाब र्‍याली निकाल्ने एमाले जिल्ला प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.