प्रतिनिधिसभामा पनि ८० प्रतिशत भत्ता माग्दै संसदका कर्मचारी !

प्रतिनिधिसभामा पनि ८० प्रतिशत भत्ता माग्दै संसदका कर्मचारी !

काठमाडौं : संविधानसभाको समयावधिमा दिइएको ८० प्रतिशत प्रोत्साहन भत्तालाई नै आगामी संसदमा पनि निरन्तरता दिनुपर्ने भन्दै संसदका कर्मचारीले दबाब सुरु गरेका छन। संविधान निर्माणको काममा खटनुपर्ने भन्दै सभाध्यक्ष सुवास नेम्वाङ्गको अध्यक्षतामा बसेको संसद व्यवस्थापन समितिले पहिलो संविधानसभाको गठनदेखि नै कर्मचारीलाई ८० प्रतिशत प्रोत्साहन भत्ता र दैनिक कार्यालयको दिन ६ सय र विदाको दिन ७ सय ५० रुपैयाँ खाजा भत्ता दिने निर्णय गरेको थियो।

पहिलो संविधानसभा विघटन भई दोस्रो गठन भएपछि पनि कर्मचारीलाई भत्तामा निरन्तरता दिइएको थियो। तर, संविधानसभाले संविधान बनाएपछि २०७२ असोज ३ गते संविधानसभा स्वतः विघटन भई संसदमा रुपान्तरण भएपछि पनि संसदका कर्मचारीले भत्तालाई निरन्तरता दिनुपर्ने दबाब दिएका थिए। तत्कालीन सभामुख ओनसरी घर्तीमगरले पनि कर्मचारीको दबाबमा रुपान्तरित संसदमा पनि कर्मचारी भत्तालाई यथावत राखेकी थिइन्।

मंसिरमा प्रतिनिधिसभाको चुनावका कारण कात्तिकको अन्तिम साताबाट रुपान्तरित संसदको कार्यकाल समाप्त भएको थियो। संसदको कार्यकाल समाप्त भएपनि संसदको म्याद २०७४ माघ ७ सम्म संविधानमा उल्लेख भएको भन्दै संसद व्यवस्थापनले भत्तालाई निरन्तरता दिएको थियो। माघ ७ को म्याद समाप्त भएपछि भने विभिन्न कारण देखाउंदै संसदको कर्मचारी यूनियनले ८० प्रतिशत प्रोत्साहन भत्तालाई निरन्तरता दिन महासचिव भट्टराईलाई दवाव दिइरहेको संसदका कर्मचारी बताउछन्।

महासचिव भट्टराईले नयाँ सभामुख चयन नभएको तथा प्रोत्साहन भत्ता नदिन पटक पटक अर्थ मन्त्रालयले आफूलाई पटक पटक आग्रह गरेको भन्दै कर्मचारी युनियनसँग कुरा राखेका छन। तर कर्मचारी युनियनले भने महासचिव भट्टराईलाई भत्ताका लागि अर्थ मन्त्रालयमा सहमतिको पत्र लेख्न दवाव दिइरहेको स्रोतले बतायो। ‘राष्ट्रकै ढुकुटीमा संकट छ भन्ने कुरा अर्थका कर्मचारीहरुले भनिरहेका बेला महासचिवले प्रोत्साहन भत्ताका लागि माग नगरौ र हामीले माग्दैमा अर्थले सहमति दिने अवस्था छैन भन्दै कर्मचारी संगठनलाई आग्रह गरेका छन्,’ संसदका एक अधिकारीले भने।

यसअघि पनि महालेखा परीक्षकको कार्यालयले ८० प्रतिशत भत्ता खाइरहेका संसदका कर्मचारीलाई दोहोरो सुविधा हुने गरी दैनिक खाजा भत्ता पनि दिएको भन्दै १२ करोड रुपैयाँ बेजुरुमा राख्ने चेतावनी दिएको थियो। तर, तत्कालीन सभामुख ओनसरी आफैँले महालेखा परीक्षकको कार्यालयसँग कुराकानी गरेर ‘अन्तिम पटक’ लाई भन्दै उक्त बेरुजू फछर्योट गर्न लगाएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.