सत्ता पक्षको आरोप : सहमतिको नजिक पुगेको काम शुन्यमा पुर्‍याउने काम कांग्रेसबाट भइरहेको छ

सत्ता पक्षको आरोप : सहमतिको नजिक पुगेको काम शुन्यमा पुर्‍याउने काम कांग्रेसबाट भइरहेको छ
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सहमतिको बाधक बनिरहेको दाबी गरेका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले संसदीय छानविन समिति गठनका विषयमा लचक भएर सत्तापक्षले छलफल गर्दा पनि कांग्रेसले अडान नछाडेको र सहमतिको बाधक बनिरहेको बताएका हुन्।

 उनले अधिकतम लचक भएर कांग्रेसले भनेका विषयलाई सम्बोधन गर्न खोजेपनि कांग्रेसले एकपछि अर्को माग लिएर प्रस्तुत भएको बताए । सहमतिको नजिक पुगेको काम शुन्यमा पुर्‍याउने काम कांग्रेसबाट भएको उनको भनाइ छ । बर्तौलाले कांग्रेसले निरन्तर संसदमा बबण्डर गर्नु औचित्यहिन काम भएको धारणा राखे।

त्यस्तै माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जेठ १५ गतेसम्म सहमतिको प्रयास गरिने बताए । उनले प्रतिपक्षीले उठाएका सबै मागप्रति सरकार सकारात्मक रहेपनि कांग्रेसले अडान नछाडेको बताए।

उनले गृहमन्त्रीको विषयका साथै सबै सहकारी पीडितहरुको न्याय हुने गरि संसदीय छानविन समिति बनाउन सरकार तयार रहेको बताए।

यता कांग्रेस सहमहामन्त्री जीवन परियारले सहमतिका लागि कांग्रेसले तयार पारेको प्रस्तावमाथि सत्तापक्ष सहमत नभएको दाबी गरे। उहाले गोर्खा मिडियामा विभिन्न सहकारीको रकम अपचलन भएको सो मुद्दामा रवि लामिछाने संलग्न भएको कांग्रेसको धारणाप्रति पटक पटक छलफल भएपनि निष्कर्ष निस्कन नसकेको उल्लेख गरे । 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.