लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानमा नयाँ कार्यसमिति

लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानमा नयाँ कार्यसमिति

जापान : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानको अध्यक्षमा युवराज आचार्य चुनिएका छन् । टोकियोमा सम्पन्न प्रतिष्ठानको प्रथम अधिवेशनले आचार्यको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

प्रतिष्ठानले उपाध्यक्षमा सूर्य खड्का र पुरुषोत्तम सिग्देललाई चयन गरेको छ। त्यस्तै सचिवमा नारायण कंडेल र सह–सचिवमा माधव सिग्देल र सोना के।सी सर्वसम्मत भए ।

यस्तै ऋषिराम पौडेल कोषाध्यक्ष र महेन्द्र न्यौपाने सह(कोषाध्यक्षमा चुनिएका छन् । सदस्यमा यदुराम सापकोटा, चेतन घर्तिमगर, प्रभा न्यौपाने, खड्क पुन, रमेश पाण्डे, खेमराज पौडेल, होम पुन, निशा क्षेत्री, बिष्णु कँडेल, विशाल क्षेत्री, नारायण अधिकारी, दिपक शर्मा, प्रकाश कंडेल, रेखा थापामगर, दिपन खत्री, समुद्रराज पौडेल, अमित सापकोटा, प्रेमकुमार बस्नेत, नकुलप्रसाद गौतम चयन भए ।

सबै पदमा सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक रामकृष्णबम मल्लले बताए । कार्यक्रममा जापानस्थित नेपाली राजदूतवासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, सांसद सूर्य पाठक, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख रमेश बिजी, व्यवसाय ईश्वरीप्रसाद कंडेललगायतको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.