भारतले जित्यो यु-१९ विश्वकप क्रिकेटको उपाधि

भारतले जित्यो यु-१९ विश्वकप क्रिकेटको उपाधि

नयाँदिल्ली: भारतीय टीमले अण्डर-१९ क्रिकेट विश्वकपको उपाधि जित्न सफल भएको छ । शनिवार भएको फाइनलमा भारतले अस्ट्रेलियाले दिएको चुनौती सजिलै चिर्दै चौथो पटक अण्डर-१९ विश्वकप क्रिकेटको उपाधि जितेको हो ।

भारतीय टीमले अन्तिम पटक सन् २०१२ मा उन्मुक्त चन्दको कप्तानीमा च्याम्पियन बनेको थियो । फाइनलमा टीम इन्डियाले अस्ट्रेलियामाथि ८ विकेटको फराकिलो जित निकालेको हो ।

पृथ्वी सको कप्तानीमा भारतीय टिम पुरै प्रतियोगितमा अपराजित रह्यो । उसले कुनै खेलमा हार नभोगी उपाधि उचालेको हो । रोचक कुरा भनेको भारतले यो विश्वकपको सुरुवात पनि अस्ट्रेलियालाई पराजित गर्दै गरेको थियो ।

भारको जितमा मनजोत कालरा (१०१) र हार्विक देसाई (४७) को गतिलो पारी खेले । भारतले अस्ट्रेलियाले दिएको २१७ रनको लक्ष्य ३८.५ ओभरमा दुई विकेट गुमाउँदै भेटेको हो । भारतले यसअघि सन् २०००, २००८ र २०१२ मा यो उपाधि जितेको थियो ।

यो जितसँगै बीसीसीआईले टीमका लागि ठुलो पुरस्कार पनि दिने घोषणा गरेको छ । उसले टिमका प्रशिकक्ष राहुल द्रविडलाई ५० लाख र प्रत्येक खेलाडीलाई ३०-३० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.