थ्री स्टारलाई हराउँदै पुलिसले उचाल्यो आहा राराको उपाधि
पोखरा: रुस्लान थ्री स्टार क्लबलाई अतिरिक्त समयको गोलबाट हराउँदै नेपाल पुलिस क्लबले १६ औं आहा-रारा गोल्डकप फुटबलको उपाधि उचालेको छ ।
यो सँगै पुलिस क्लब आहा-रारा गोल्डकपमा सबैभन्दा सफल क्लब बनेको छ । उसले २०५८ को क्याराभान गोल्डकपकोसहित छैटौँ पटक उपाधि उचाल्दै इतिहास रचेको हो ।
लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबले यसको उपाधि ५ पटक उचालेको छ । उता थ्री स्टार पहिलो पटक फाइनलमा हारेको हव । थ्री स्टारले ४ पटक यो प्रतियोगिताको उपाधि उचालेको छ ।
खेलको निर्धारित ९० मिनेटमा दुवै टिमबाट गोल हुन् नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफमा राम वाजीको गोलमा पुलिसले उपाधि उचालेको हो
खेलको १ सय २ औं मिनेटमा निरकुमार राईले ब्याक फ्लिप गरेर मिलाइदिएको पासमा रामले गोल गर्दै पुलिसको उपाधि पक्का गरेका हुन् । खेलको पहिलो हाफको सुरुमा थ्री स्टार हावी भए पनि पुलिसका खेलाडीले गोल गर्न दिएनन् ।