बूढासुब्बा गोल्डकप : बाहिरियो आयोजक टोली धरान

बूढासुब्बा गोल्डकप : बाहिरियो आयोजक टोली धरान

धरान : सडन डेथमा भारतको दुर्गापुर स्टिल क्लबसँग १-० गोलले पराजित भएपछि आयोजक टोली धरान फुटबल क्लब २०औं अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। पाहुना टोली दुर्गापुर स्टिल भने जितसँगै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

निर्धारित समय, थप गरिएको १५ मिनेट र टाइब्रेकरमा समेत निर्णय हुन नसकेपछि भएको सडन डेथमा दुर्गापुर भाग्यमानी ठहरियो। खेलको निर्धारित समयको खेल २-२ गोलको बराबरीमा टुंगिएको थियो।

निर्धारित समयको खेलमा अन्तिम ११ मिनेट सम्हालिन नसक्दा आयोजक टोली धरान फुटबल क्लब जित नजिक पुगेर रोकियो। खेलको दोस्रो मिनेटमा रोमन लिम्बूले गोल गर्दै धरानलाई १-० ले अघि बढाएका थिए। खेलको १६औं मिनेटमा वर्तमान राईले गोल गर्दा धरान २-० ले अघि बढेको थियो। यद्यपि त्यसपछिको समय भने दुर्गापुरका लागि रह्यो।

खेलको ७९औं मिनेटमा दुर्गापुरका लागि गोल गर्दै शशिकान्त सुरले खेल २-१ को अवस्थामा फर्काएका थिए। त्यसको एक मिनेटपछि नै शुभम थापाले गोल गरेपछि खेल २-२ को बराबरीमा पुगेको थियो। त्यसपछि थप गरिएको १५ मिनेटको समयमा दुवै टोलीबाट गोल नहुँदा खेल २-२ कै बराबरीमा पुग्यो। त्यसपछि प्रहार गरीएको टाइब्रेकरमा समेत दुवै टोलीबाट ३-३ गोल भएपछि सडन डेथमार्फत खेलको निर्णय लिइएको हो।

ट्राइबेकरमा धरानका लागि वर्तमान राई, योगेश गुरुङ र बुद्धिमान राईले मात्र गोल गरेका थिए। भारतका शशिकान्त सुर, प्रणम मित्रा, सेगभले गोल गरेका थिए। सडन डेथमा दुर्गापुरका मनीष थापाको गोल गरे। त्यसपछि प्रहारका लागि आएका सुवास केसीको प्रहार बाहिरिएपछि धरानको यात्रा रोकिएको हो। भारतका बाबुलाल हस्दा म्यान अफ दी म्याच चुनिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.