बूढासुब्बा गोल्डकप: उपाधिका लागि पुलिस र थ्रीस्टार भिड्ने

बूढासुब्बा गोल्डकप: उपाधिका लागि पुलिस र थ्रीस्टार भिड्ने

सुनसरी : २० औं अन्तराष्ट्रिय आमन्त्रण बूढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार धरान रंगशालामा हुँदैछ । गोल्डकपको उपाधिकालागि नेपालपुलिस क्लव र थ्रिस्टार क्लव प्रतिस्पर्धा गर्दैछन् । यस अघिको बूढासुब्बा गोल्डकप पुलिस पाँच पटक र थ्रिस्टारले चार पकट जितेका छन् ।

पुलिसले नयाँ खेलाडीहरु र थ्रीस्टारले राष्ट्रिय टोलीमा समेत रहेका अनुभवी खेलाडि मैदानमा उतार्दैछ । थ्रीस्टारले क्वाटर फाइनलमा सुदुरपश्चिम ११ र सेमीफाइनलमा भारतको दुर्गापुर स्टिल क्लवलाई पराजित गर्दै फाइलनलमा प्रवेश गरेको छ ।

पुलिसले काँकडभिट्टा ट्रेनिङ सेण्टर र संकटा क्लवलाई पराजितगर्दै फाइनल प्रवेश गरिसकेका छन् । राष्ट्रिय टोलीका अनुभवी खेलाडि रहेपनी थ्रिस्टारले क्वाटर फाइनलमा उत्कृष्ट प्रदर्शन गरेपनी सेमीफाइनलमा भने खासै चमत्कार देखाउन सकेन

पुलिसले हेमको नेतृत्वमा रेजिन सुब्बा, रामवाजी, रविपासवान, सुमन लामा, युवराज राई, अजित भण्डारी, बुद्ध लामा, दिनेश राजवंशी, दिनेश हेन्जन लगायत खेलाडी मैदानमा उतार्नेछ ।

थ्रीस्टारका क्याप्टेन विक्रम लामाले राष्ट्रिय टोलीका खेलाडीहरु आफ्नो टिममा रहेकाले पुलिसलाई यस पटक पराजित गरेरै छाड्ने बताए । पोखरामा प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा पुलिससँग पराजित भएको बताउँदै हाल खेलमा सुधार भइसकेकाले विजय हासिल गर्ने बताए । थ्रीस्टारले विक्रम लामाको नेतृत्वमा एलेन न्यौपाने, अनन्त तामाङ, सुनिल बल, लगायतका खेलाडि अघि सारेको छ ।

प्रतियोगिताका विजेतालाई आयोजक धरान फुटवल क्लवले ६ लाख र उपविजेतालाई ३ लाख पुरस्कार प्रदान गर्ने छ । प्रतियोगिता भरको उत्कृष्ट खेलाडीले यामाहा मोटर साइकल प्राप्त गर्ने छन् । उत्कृष्ट, डिफेण्डर, मिडफिल्डर, स्टाइकर, सर्वाधिकगोल कर्ता र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार नगद प्राप्त गर्ने छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.