नेपालबाट चोरेर अमेरिकासम्म, बुद्ध र उमा–महेश्वरका मूर्ति फर्काइँदै

नेपालबाट चोरेर अमेरिकासम्म, बुद्ध र उमा–महेश्वरका मूर्ति फर्काइँदै

न्यूयोर्क, अमेरिकाः नेपालबाट हराएका उमा महेश्वर र गौतम बुद्धको पूर्ण कदको मूर्ति नेपाल फर्काइने भएको छ । न्यूयोर्कस्थित मेट्रोपोलिटियन कला संग्रहालयमा भेटिउका मूर्ति नेपाल फिर्ता पठाउने घोषणा गरिएको हो।

नेपाली महावाणिज्यदूतावासको पहलमा मेट्रोपोलिटियन कला संग्रहालयमा सोमबार भएको एक बिशेष समारोहमा ती मूर्ति नेपाल सरकारलाई फिर्ता गर्ने सहमति भएको हो ।

सन् १९८० को दशकमा नेपालबाट हराएका उक्त मूर्तिहरु फिर्ता पठाउन महावाणिज्यदूत मधुकुमार मरासिनी र संग्रहालयका अध्यक्ष ड्यानियल एच वइसबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

ललितपुर पाटनको टंगालहिटीमा रहेको उमा महेश्वर (शिव पार्वती)को मूर्ति १२/१३ औं शताब्दीमा बनेको विश्वास छ । काठमाडौंको यट्खाटोलमा गौतम बुद्धको पूर्णकदको मूर्ति ११/१२ औं शताब्दीमा बनेको विश्वास गरिएको छ । दुबै मूर्ति सन् ८० को दशकमा चोरी भएका थिए ।

वरिष्ठ कलाविद् स्वर्गिय लैनसिंह वाङ्देलको सन् १९८९ मा प्रकाशित पुस्तक ‘स्टोलन इमेजेज अफ नेपाल’ मा उल्लेख भएका मूर्तिमध्ये उमा महेश्वरको सन् १९८३ मा न्यूयोर्कको संग्रहालयमा पुगेको थियो । बुद्धको मूर्ति सन् २०१५ मा कुनै दाताले संग्रहालयमा प्रदान गरेको दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

ती दुबै मूर्तिहरु चोरी गरेर ल्याइएको जानकारी पाएपछि संग्रहालयले आफ्नो प्रदर्शनी कक्षबाट हटाइसकेको छ । महावाणिज्यदूतावासका कर्मचारी लगायत नेपाली टोलीस“गको भेटमा संग्रहालयका अध्यक्ष वइसले उक्त संग्रहालयमा कुनै पनि अवैध मूर्ति नराख्ने संग्रहालयको प्रतिवद्धता रहेको जानकारी दिए ।

भन्सार र कार्गोसम्बन्धी आवश्यक प्रकृयाहरु पुरा गराई ती मुर्तिहरु यही अप्रिल २०१८ भित्र नेपाल पु¥याइसकिने दूतावासले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.