साझेदारी वनमा नयाँ अवधारणा आउँदै

साझेदारी वनमा नयाँ अवधारणा आउँदै

काठमाडौं : साझेदारी वनलाई प्रभावकारी बनाउन वन विभागले राष्ट्रिय गोष्ठी आयोजना गरेको छ । साझेदारी वनको समसामयिक विषयमा संवाद गर्दै र भावी कार्यदिशा तय गर्न जनकपुरमा चैत १३, १४ र १५ सम्म तीन दिने गोष्ठीको आयोजना गरिएको हो ।

सरकारले तराई क्षेत्रका वनको विनाश बढेसँगै संरक्षणमा नयाँ नीतिसहित २०६१ देखि साझेदारी वन व्यवस्थापनको अवधारणा सुरु गरेको छ । कार्यक्रमका राम्रा पक्ष र नराम्रा पक्षलाई सुधार गरी नयाँ योजना निर्माण गरी वन संरक्षण गर्ने लक्ष्यले सरोकारवालासहितको भेला आयोजना गरेको हो । वन विभागले २०७४ मा कार्यविधि नै बनाएर सरोकारवालाको सहभागितासहित तराईका वन संरक्षण गर्दै आएको छ ।

दोस्रो साझेदारी वन व्यवस्थापन राष्ट्रिय गोष्ठीमा वनमन्त्री, वन मन्त्रालयका सचिव, वन विभागका महानिर्देशकदेखि उपभोक्ता समितिका पदाधिकारीसहितको सरोकारवालाको सहभागिता हुनेछ । पहिलो गोष्ठी २०७१ मा सम्पन्न भएको थियो ।

जंगल एकतिर, बस्ती अर्कातिर भएपछि उपभोक्ता समावेश हुन छुटेको छ । प्राकृतिक स्रोतमा सबैको पहुँच बढाउने, रोजगारी सिर्जना गर्नेजस्ता महत्वपूर्ण योजना गोष्ठीले निष्कर्ष निकाल्ने वन विभाग वन संरक्षण शाखा प्रमुख राकेश कर्णले बताए ।

अनुभवलाई आधार बनाएर नीतिगत समस्या पहिचान गरी समाधान गर्ने, उपभोक्तामा भएका समस्या हटाउन अबको बाटो के हुने भन्ने छलफल हुने कर्णले बताए । ११ वटा जिल्लामा ३० वटा साझेदारी वन छ ।

सरकारले साझेदारी वन व्यवस्थापन कार्यक्रम सुरु गरेपछि तराईको वन संरक्षणमा सुधार देखिन थालेको विभागको दाबी छ । तस्करी र अतिक्रमण नियन्त्रणमा कसैको चासो नहुँदा घट्दै गएको वन क्षेत्र स्थानीय बासिन्दा र सरकारको साझेदारीमा संरक्षण हुन थालेको हो । अहिले तराईमा वन क्षेत्र बढ्दै गएको छ भने स्थानीय बासिन्दाले वन पैदावरको उपयोग गर्न पाएका छन् । सरकारी आम्दानी पनि बढ्ने सम्भावना देखिएको छ ।

उपभोक्ता, स्थानीय निकायसँग कसरी सहकार्य गर्ने भन्ने निष्कर्षसमेत भेलाले गर्नेछ । चोरी-तस्करी कम हुनुमा उपभोक्ताको जिम्मेवारी बढी भएको भन्दै अब वनलाई आम्दानीको मुख्य स्रोत हुने गरी योजना अघि बढाउने लक्ष्य भेलाले राखेको छ ।

वनको उपयोग सुधार गरी वन खेती प्रणाली विस्तार गर्नुपर्ने निष्कर्ष निकाल्दै वन ऐन २०४९ लाई थप संशोधन गर्नु आवश्यकसमेत रहेको साझेदारी वन उपभोक्ता महासंघ रामरुपप्रसाद कुर्मीले बताए । समुदायमा आधारित सामुदायिक वन, कवुलेती वन प्रयोगमा आएपछि तराई क्षेत्रमा साझेदारी वन नामकरण गरी संरक्षण र सम्वद्र्धन हुँदै आएको छ ।

सरोकारवालाबीच योजना तयार पारेर समुदायको हितका लागि वनको उपयोग गर्न सकिने व्यवस्था ऐनमा छ । संशोधिन ऐन कार्यान्वयनमा आएपछि साझेदारी वनबाट बिक्री भएको रकमको ५० प्रतिशत स्थानीय, १० प्रदेश र ४० प्रतिशत केन्द्र राजस्वस्वरूप जानेछ । निजी क्षेत्रलाई प्रोत्साहित गरी चक्ला वनको व्यवस्था, एक रूख काट्दा दुई बिरुवा रोप्नुपर्ने व्यवस्था छ । वन ऐन २०४९ ले राष्ट्रिय वन र निजी राष्ट्रिय वनमा वर्गीकरण गरेको छ । राष्ट्रिय वनभित्र सरकारद्वारा व्यवस्थित, संरक्षित, कबुलियती, साझेदारी, सामुदायिक र धार्मिक पर्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.