सुन कम हुँदा बिहे रोकियो

सुन कम हुँदा बिहे रोकियो

सिरहा : लहान नगरपालिका छरापट्टीका मोहम्मद सफियाको घरमा शनिबार साँझ भीडभाड थियो। उनकी छोरी मोहम्मद सम्जिलाको विवाहका लागि चाहिने ससामान तयार थिए। घरपरिवारका सदस्य र आफन्त खुसी देखिन्थे।

सप्तरी कञ्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम सेखका छोरा युनुस सेख सम्जिलासँग विवाह गर्न राति ८ बजे जन्ती लिएर आइपुगे। हिन्दू परम्पराअनुसार विवाह गर्दा गरिने स्वयम्बरलाई मुस्लिम समुदायमा ‘निकाह’ भनिन्छ। निकाहभन्दा अगाडि बेहुलीका लागि बेहुलाले ‘महर्दन’ दिने चलन छ। बेहुलीका लागि सुनका गहना, लत्ताकपडालगायत सामान दिनुलाई महर्दन भनिन्छ। तर, महर्दनका लागि सम्झौताअनुसारको सुन बेहुलाले नल्याएका कारण विवाह नै रोकियो।

खुसियाली छाइरहेका बेला माहोल बदलियो। जन्तीहरूबीच भागाभाग मच्चियो। केहीले खाना खाए, केही नखाई घर भागे। विवाह रोकिएपछि सम्जिला बेहोस् भइन्। उनलाई तत्काल लहान ल्याएर अस्पताल भर्ना गरियो। एक लाख ६० हजार रुपैयाँ दाइजो दिएको बेहुली पक्षले महर्दनमा दुई तोला सुन दिनुपर्ने माग गरेको खुलेको छ। पछि डेढ तोला सुन दिनेमा सम्झौता भएको थियो। तर, बिहे गर्न जन्ती लिएर आएका बेहुलाले दुई आना सुन र २२ भरी चाँदी मात्र ल्याएका कारण विवाद भएको स्थानीय सञ्जीव यादवले सुनाए।

उनका अनुसार बेहुलाले डेढ तोला सुन दिन नसक्ने बताएपछि विवाह रोकिएको हो। बेहुलीका बुवा सफियाले पनि सम्झौताअनुसार सुन नल्याएकै कारण विवाह रोकिएको स्वीकार गरे। ‘विवाह हुँदा बेहुला पक्षका व्यक्तिले पहिले बिहे गरेर लग्छु अनि देखाउँछु भनेर धम्की दिन थाले’, उनले भने, ‘हामीलाई डर लागेका कारण छोरीको बिहे नगर्ने निर्णय ग¥यौं।’ बेहुलीले पनि विवाह गर्न नचाहेको दाबी उनले गरे।

बिहे रोकिएपछि बेहुला पक्षसँग दाइजो फिर्ता र खर्च भएको रकम बेहुली पक्षले मागेको थियो। जन्तीलाई राति नै बिदाइ गरिएको स्थानीय बताउँछन्। खर्च रकम र दाइजो फिर्ता लिन बेहुली पक्षले बेहुला, उनका बुवा र ठूलो बुवालगायत पाँच जनालाई रोकेर राखेको थियो। रातभर छलफल भए पनि विवाद मिलेन। बेहुली पक्षले दाइजो रकम र अन्य सामानसहितको तीन लाख रुपैयाँ दिनुपर्ने माग गरेको जनाइएको छ। बेहुला पक्षले त्यति धेरै रकम दिन नसक्ने अडान राखेपछि आइतबार बिहान दुवै पक्ष इलाका प्रहरी कार्यालय लहान पुगेका थिए।

लहान प्रहरी कार्यालयमा पनि विवाद मिलेन। त्यसपछि उनीहरू बाहिर आएर बेहुला पक्षले बेहुलीका बुवालाई एक लाख ८५ हजार रुपैयाँ तिरेर घर फर्केको लहानका बलबल मियाँले बताए। भने, ‘छलफलमा बेहुलाले विवाह गर्ने बताए। तर, बेहुलीलाई बोलाएर सोध्दा विवाह नगर्ने बताइन्। त्यसपछि बेहुलाले लिएको एक लाख ६० हजार दाइजो र अन्य खर्चबापत २५ हजार रुपैयाँ तिरेर मिलापत्र गरी घर फर्केका छन्।’

लहानका इन्स्पेक्टर जुगेश्वर राउतले विवाहसम्बन्धी विवाद लिएर प्रहरीमा आए पनि नमिलेपछि दुवै पक्ष बाहिरिएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.