अवैध सम्बन्धको आरोपमा जेठाजु बुहारीलाई वडा अध्यक्षको चरम यातना (भिडियो)

अवैध सम्बन्धको आरोपमा जेठाजु बुहारीलाई वडा अध्यक्षको चरम यातना (भिडियो)

महोत्तरी (सोनमा) : जेठाजुसँग बुहारीले अवैध सम्बन्ध राखेको भन्दै महोत्तरीको सोनमा गाउँपालिकाका वडा अध्यक्ष महेश यादवले जेठाजु र बुहारीलाई हात खुट्टा बाँधेर यातना दिएका छन्।

सोनमा गाउँपालिका ७ सुन्दरपुरका  वडा अध्यक्ष महेश (महेशी) यादवले स्थानीय ५५ वर्षीय इसराफिल बैठा धोवी र उनका बुहारी करीब ४५ बर्षीय  सैरुल खातुनलाई कुटपीट गरेर यातना दिएका हुन्।

वडा कार्यालयमा भएको पञ्चायतकै बीचमा  वडा अध्यक्ष यादवले उनीहरुलाई अवैध सम्बन्ध राखेको आरोपमा चरम यातना दिएको पञ्चायतमा सहभागीहरूले जनाएका छन्। घटना १० दिन अघिको भएपनि कुटपीट गरिएको भिडियो सोमबार मात्रै समाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको रहश्य खुलेको हो।

सुन्दरपुर वडा कार्यालयको सभाकक्षको ढोका बन्द गरेर गरिएको पञ्चायतमा बाँसको कर्चीले कुटपीट गरेको भिडियो सार्वजनिक पनि भएको छ।

पञ्चायतमा वडा अध्यक्ष यादवले  सैरुललाई आफैले कुटपीट गरेको छन्  भने, इसराफिललाई स्थानीय अमृत राय यादवले कुटेका हुन्।

उनीहरूलाई कुटपीट गर्दा कसैले प्रतिवादन भने गरेनन् । पञ्चायतमा सहभागीहरूले उनीहरूमाथि कुटपिट भइरहँदा कसैले ‘छोड् छोड्’ भनेको र कसैले ‘कुट् कुट्’ भनिरहेको भिडियोमा सुनिन्छ।

गाउँलेहरूका अनुसार ससुरा एैलुन र देवर जिलानी मिलेर पीडित महिला सैरुललाई इसराफिलसँग अवैध सम्बन्ध राखेको आरोप लगाउँदै वडा कार्यालयमा पञ्चायत बोलाएका थिए।

पीडित इसराफिलका अनुसार गाउँका भुपु  मुखिया रामेश्वर यादवले कमरको नुगि खोलेर खुट्टा बाँधे। घाँटीको गम्छा खोसेर हात पनि बाँधिदिए। ‘न कुटनुस्’ भन्दा भन्दै गाउँका अमृतले बाँसको दुई वटा कर्चीले पैताला र शरीरको विभिन्न भागमा बेहोस हुने गरी कुटे।

पीडित इसराफिल र उनकी बुहारीलाई अनैतिक सम्बन्धको आरोपमा पञ्चहरूले ढोका बन्द गरेर एक घण्टासम्म यातना दिएको गाउँलेहरूले अन्नपूर्णसँग बताए।

पीडितहरूले अनाहकमा आफूमाथि कुटपिट गरिएको बताएका छन्। अवैध सम्बन्ध राखेको पुष्टि भए समाजको जस्तो सुकै दण्ड जरिवना मान्ने उनीहरूको भनाई छ। बिना गल्ती अनाहकमा यातना दिनेहरूलाई कारबाही गर्न उनीहरूले माग गरेका छन्।

मरनासन्न हुने गरी दुवैलाई कुटपीट गरिएपछी इसराफिल बेहोस भएर लगेका थिए। वडा कार्यालयका कार्यालय सहयोगीलाई उनीहरूलाई घरबाट बोलाउन लगाएर वडा अध्यक्षको रोहबरमा गाउँले र वडा अध्यक्ष स्वयंमले  चरम यातना दिएको  खुलेको छ।

वडा अध्यक्ष र पूर्व मुखियाले तीन थान बाँसको कर्ची काट्न लगाएर उनीहरुलाई पञ्चायतमै कुटपीट गरेका थिए।

कुटाईबाट घाइते भएका इसराफिल र उनको नातामा बुहारीको  सैरुल खातुनको परिवारजनले वडा कार्यालयबाट घर लगेर गाउँकै स्वास्थ्य केन्द्रमा उपचार गराएका थिए।

उनीहरूमाथि कुटपीट भएको केही समय भित्रै प्रहरी चौकी मगरथानाबाट प्रहरी वडा कार्यालय पुगेका थिए। तर,  पञ्चहरुले केही नभएको बताएपछि प्रहरी त्यसै फर्किएको थियो।

पछि पीडत इसराफिल  र उनका दाजु इलाका प्रहरी कार्यालय गौशालामा उजुरी गर्न गए। तर, आफूहरूको  पीडा प्रहरीले नबुझेको पीडित इसराफिलले  बताए।

पीडत महिला पनि न्यायको माग गर्दै सोनमा गाउँपालिका प्रमुख राजकुमार यादव (राजाबाबु) लाई पीडा सुनाउन् गइन्। तर उनले वडा अध्यक्षमाथि कानुनी कारवाही गर्नुको साटो गुपचुपमा घटना मिलाइदिए।

सोनमा गाउँपालिकाका प्रमुख राजकुमार यादवले वडा अध्यक्षले कुटपिट गरेको विषय आफूलाई थाहा नभएको दावी गरेका छन्। उनले महिलाको घरको अंश बाँडफाँटको विवाद मिलाएको बताएका छन्।  प्रमुख यादवले  यातना दिएको भिडियो हेरेपछि भने घटनालाई गम्भीरतापूर्वक लिने बताए। भने, ‘यो यातना दिनु गल्ती हो । छिट्टै गाउँकार्यपालिकाको बैठक बोलाएर छलफल गर्छौं।’

इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर भोला भट्टले पीडितहरू आफूकहाँ नआएको दावी गरेका छन्। उनले घटनाबारे बुझ्ने बताए।

भिडियो


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.