पूर्वी पृतनाको मुख्यालयमा सेनाका दुर्इ जवान मृत भेटिए
इटहरी : नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीमा कार्यरत दुई जना नेपाली सेनाका जवानको पृतना भित्रै मृत फेला परेका छन् । पृतनाभित्रको पोखरीमा डुबेर उनीहरुको ज्यान गएको इलाका प्रहरी कार्यलाय इटहरीले जनाएको छ ।
मृत्यु हुनेमा दोलखबहादुर चन्द र भरत विक रहेको खुलेको छ । दुबै शव पोष्टमार्टका लागि धरानस्थित बीपी कोईराला स्वासथ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।