प्रदेश मन्त्री केशव स्थापितको घरमा चोर पस्यो
काठमाडौँः प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरमा चोर पसेको छ । मन्त्री स्थापितको बौद्ध महाँकालस्थित घरमा शुक्रबार दिउँसो ढोका ताला फोडेर चोरी भएको हो ।
दिउँसो घरमा कोही नभएको मौका छोपेर पसेका चोरले गरगहनासहित लत्ता कपडा पनि लगेको घटनाको अनुसन्धान गर्न पुगेका प्रहरी निरीक्षक कुमार पण्डित क्षेत्रीले जानकारी दिए ।
चोरीको घटनाको अनुसन्धानका क्रममा एकजनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रनि पण्डिले अन्नपूर्ण अनलाइनलाई बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !
५