प्रवासी नेपालीलाई स्वदेश फर्किने वातावरण बनाउँछु : प्रधानमन्त्री ओली
नयाँदिल्ली : भारत भ्रमणमा आएको पहिलो दिन साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा रहेका प्रवासी नेपालीलाई सम्बोधन गर्दै स्वदेश फर्किने वातावरण बनाउने बताएका छन्। दिल्लीस्थित दूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रवासमा रहेका नेपालीलाई स्वदेश फर्किने वातावरण बनाउने आश्वासन दिएका हुन्।
‘मुलुकमा संक्रमणकाल अन्त्य भएर विकासका निम्ति अग्रसर भएको अवस्थामा तपाईंहरुलाई स्वदेश फर्किने वातावरण बनाउँछु’, प्रधानमन्त्री ओलीले भने। प्रवासी नेपालीलाई सम्बोधन गर्ने क्रममा दिल्लीमा अचानक हावाहुरी चलेपछि प्रधानमन्त्रीको सम्बोधनलाई बीचमै रोकेर सुरक्षाकर्मीले ओलीलाई दूतावास पुर्याएका थिए।
प्रधानमन्त्रीको सम्बोधनपछि प्रवासमा रहेका नेपाली राजनीतिक दलका भातृ संगठनले ज्ञापन पत्र बुझाउने कार्यक्रम बिथोलिएको थियो। पछि दूतावासको विशेष कक्षमा नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिती, एमाले निकट प्रवासी नेपाली संघ, भारत, अखिल नेपाली एकता मन्च तथा मूल प्रवाह अखिल भारत नेपाल मुल प्रवाह समितीले संयुक्त रुपमा १६ बुँदे ज्ञापन पत्र बुझाएका छन्।
प्रतिक्रिया दिनुहोस !