स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण
काठमाडौं : तारामण्ड्ल महिला शशक्तिकरण अभियानले स्थापना दिवस को अवसरर पारेर नेपाल महिला बाल सेवा समाज जोरपाटी आश्रमा रहेका टुहुरा बालबालिकालाई खाद्य तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।
बालबालिकालार्इ लत्ताकपडा ,शैक्षिक सामाग्री लगायतका खानेकुरा बितरण गरिएको संस्थाकी अध्यक्ष कुन्तीदेवी पोखरेलले बताउनुभयो । मानव सेवा नै सबैभन्दा ठूलो समाज सेवा भएको र त्यो भन्दा पर भबिष्यका कर्णाधारलाई शैक्षिक सामाग्री वितरण गरिएको बताइन् ।
संस्थाका प्रमुख डिल्लीराज पाठकले टुहुरा बालबालिकाको भविष्यप्रति आफू चिन्तित भएको बताए । टुहुरा बालबालिकालाई सहयोग गर्नु नै संस्थाको उदेश्य रहेको भन्दै बालबालिकाको भविष्यप्रति आफू सचेत रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !
५