दिल्लीमा प्रधानमन्त्रीले भने: नेपाल अब ल्यान्ड लिङ्क्ड मात्र होइन, वाटर लिङ्क्ड पनि
नयाँदिल्लीः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतले मिलेर विकासमा एकसाथ फड्को मार्न सक्ने बताएका छन् । भारतको राजधानी नयाँदिल्लीमा समकक्षी नरेन्द्र मोदीसँगको संयुक्त पत्ररका सम्मेलनमा बोल्दै ओलीले दुई देशबीचको सम्बन्ध नयाँ ढंगले अघि बढ्ने बताएका हुन् ।
‘नेपाल–भारतबीच सदियौँदेखि सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहिआएको छ’, उनले सम्बोधनका क्रममा भने, ‘अब हामी हरेक क्षेत्रबाट एकअर्कालाई जोडेर अघि बढ्ने छौँ ।’
सम्बोधनका क्रममा ओलीले नेपाल भूपरिवेष्ठित देश मात्रै नभएको पनि दाबी गरे । उनले सम्बोधनका क्रममा भने, ‘नेपाल ल्यान्ड लक मुलुक मात्रै होइन, ल्यान्ड लिङ्क मुलुक पनि हो । अब वाटर लिङ्क्ड पनि हुन्छ ।'
प्रधानमन्त्री ओलीले नेपाल अब समृद्धिको बाटोमा अघि बढिसकेको बताउँदै भने, ‘नेपालको समृद्धिको सपनालाई भारतले साथ दिन्छ भन्ने विश्वास लिएको छु ।’
प्रतिक्रिया दिनुहोस !
५