दुर्लभ सालक भेटियो
गाईघाट : उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेमा भेटिएको दुर्लभ वन्यजन्तु सालक जिल्ला वन कार्यालयलाई बुझाइएको छ। शनिबार वाडा नम्बर १४ मा योजना अनुगमन गर्न जाँदा भेटिएका सालक आइतबार वडाध्यक्ष कुरुङ राईको नेतृत्वमा गएको टोलीले वन कार्यालय प्रमुख विष्णुप्रसाद भण्डारीलाई बुझाएको हो।
भण्डारीले उदयपुरका वन क्षेत्रमा दुर्लभ प्रजातिका सालक रहेछन् भन्ने प्रमाण भएको बताए। भण्डारीले फेला परेको दुर्लभ वन्यजन्तु सालक वनमै लगेर छाड्ने बताए।
प्रतिक्रिया दिनुहोस !
३