नेपाली महिलाका जीवनी बेलायती विश्वविद्यालयको पाठ्यक्रममा

नेपाली महिलाका जीवनी बेलायती विश्वविद्यालयको पाठ्यक्रममा

काठमाडौं : नेपाली महिलाका जीवनीलाई बेलायतको लिभरपुलस्थित लिभरपुल जोन मुर्स विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा समावेश गरि अध्यापन सुरु गरेको छ । विभिन्न क्षेत्रमा सक्रिय २५ जना महिलाका प्रेरणादायी जीवनकथालाई त्यहाँको मानबिकी र समाज विज्ञान विभागले स्नातकोत्तर तहको पाठ्यक्रममा राखेर विद्यार्थीलाई पढाउन थालेको हो ।

विगत १४ वर्ष अगाडिदेखि सुरु भएको सेलिब्रेटिङ वमनहुड नवदेवी अवार्ड्सबाट सम्मानित नेपाली महिलाका जीवनीलाई पुस्तकको रुप दिँदै पाठ्यक्रममा राखिएको हो । अवार्डकी परिकल्पनाकार एवं संयोजक सिर्जनासिंह योञ्जन र विश्वविद्यालयकी रिडर डा. सारा पार्करले तयार पारेका ‘सेलिब्रेटिङ वमनहुड  विमेन हु इन्स्पायर पोजेटिभ चेन्ज’ नामक उक्त पुस्तकमा आफ्नो काममार्फत नेपाली समाजमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिलाका संघर्षका कथाहरु समेटिएका छन् ।

विगत लामो सयमदेखि नेपाली महिलाको बारेमा अध्ययन अनुसन्धान गरी यहाँ बटुलेको ज्ञानलाई आफ्नो अध्यापनमा समेट्दै आएकी सारा विश्वविद्यालयको कोर्समा नेपाली महिलाको जीवनी समेटिँदा यसले बेलायती विद्यार्थीलाई पनि प्रेरणा मिल्ने बताइन् । पाठ्यक्रममा समेटिएका महिला आफ्ना कामका कारण निकै चर्चित र प्रेरणादायी पनि भएकाले उनीहरुका जीवनी पढ्ने विद्यार्थी पनि उत्साहित हुने प्रतिक्रिया उनले दिइन् ।

विगत ३० वर्ष अगाडिदेखि नेपालमा आवतजावत गर्दै यहाँको पद्मकन्या क्याम्पससँग नजिक रहेर महिलाका विषयमा काम गर्ने उनले बेलाबलामा आफ्ना विद्यार्थीलाई यहाँ ल्याएर नेपाली महिलाका बारेमा अध्ययन गर्न लगाउने गरेकी थिइन । तर अहिले पाठ्यक्रममा समेटिँदा धेरै सजिलो भएको र बेलायती विद्यार्थीले इङ्ल्याण्डमा भन्दा यहाँ वास्तबिक महिलावाद प्रत्यक्ष रुपमा देख्न पाउँने धारणा उनले राखिन् ।

नेपालका कलेज तथा विश्वविद्यालयमा भने आजपनि नेपाली महिलाको बारेमा अध्यापन गराइँदैन । महिलाबादका उदाहरण दिँदा पश्चिमा देशका महिलाकै उदाहरण लिने गरिएको बताउँदै सिर्जनाले भनिन्,‘ हामी आफै चाहीँ के भएको हो । हामीले सशक्तिकरणको मुलधारमा यसलाई किन समावेश नगरेको भन्ने प्रश्न आउँछ ।’ महिला सशक्तिकरणको परिभाषा पूर्व र पश्चिममा मिल्छ की मिल्दैन भनेर विश्लेषण गरी सशक्तिकरणलाई नयाँ ढंगमा परिभाषित गर्न पाठ्यक्रम लाभदायी रहने उनको बुझाई छ ।

नेपाली महिलाका बारेमा पढ्ने बेलायती विद्यार्थीलाई कुनै एक महिलाको जीवनीमाथि मात्रै पनि रुचि जागेमा उनीहरुले ती महिलालाई पछ्याएर बिस्तृत अध्ययन गर्न सक्ने उनको भनाई छ ।विश्वविद्यालयले आफ्नो वेभसाइटमा पनि यी नेपाली महिलाका जीवनीको अनलाइन संस्करणलाई अपलोड गरिसकेको छ । तर यसमा केही सम्पादन गर्नुपर्ने भएकाले अनलाइन सामाग्रीलाई अन्तिम रुप दिने काममा आफूहरु लागेको पनि सिर्जनाले बताइन् ।

विश्वविद्यालयमा अध्यापनका लागि अँग्रेजी अनुवाद गरिए तापनि यसको नेपाली संस्करण प्रकाशन गरेर केही समयपछि पद्मकन्या कलेजको पाठ्यक्रममा पनि समावेश गर्न पहल गरिने भएको छ ।पाठ्यक्रममा समेटिएका महिलाले फरक भौगोलिक क्षेत्र, संस्कृति, सामाजिक र आर्थिक अवस्थाको साथै फरक ब्यवसायको प्रतिनिधित्व गरेका छन् ।

पहिलो चरणमा २५ जनाको जीवन संघर्षलाई पाठ्यक्रममा समावेश गरिए तापनि यसमा थप गर्दै हालसम्म नवदेवी सम्मान पाउने सबै महिलाका कथालाई समेटिने आयाजकले जनाएको छ ।पाठ्यक्रममा समेटिएका महिलामध्ये जुवेदा खातुनले केही वर्ष पहिले नवदेवी सम्मानअन्र्तगतको शक्ति अवार्ड हात पारेकी थिइन् । बैतडीको दुर्गम गाउँको मुस्लिम समुदायमा जन्मेकी जुवेदाको ११ वर्षको उमेरमा विवाह भयो र उनले चार सन्तान जन्माइन् ।

छोराछोरी स्कुल जान थालेपछि उनलाई पनि पढ्ने रहर जाग्यो । उनका पति निरक्षर भए पनि पत्नीको चाहनालाई पुरा गर्ने उनले निधो गरे । घर बाहिर निस्कँदा अनेकन् कुरा काँटिने उनको समूदायमा जुवेदाका पतिले नै उनलाई स्कुल पु¥याउने र ल्याउने गर्न थाले । यसरी नै आठ कक्षासम्म पढेकी जुवेदाले गाउँमा आएका सरकारका विकासका कार्यक्रमहरु आफै चलाउन सक्ने भइन् ।

सशक्तिकरणको कुरा गर्दा पुरुषको भूमिका पनि त्यतिकै महत्वपूर्ण हुन्छ भन्नेको जोलन्त उदाहरण बनेका उनका पति र उनलाई संयुक्त रुपमा अवार्ड दिइएको थियो । जुवेदाले अवार्ड पाइसकेपछि उनका समूदायका हरेकले उनलाई आदर्शका रुपमा लिन थालेका छन् । छोरीहरुलाई पढाउनै पर्दैन भन्ने उनको समाजमा आज हरेक छोरी स्कुल जाने भएका छन् ।

आफ्नो कामले समाजमा ल्याएको यही परिवर्तनलाई उनले मंगलबार पाटनस्थित यलमाया केन्द्रमा आयोजित १५औं सेलिब्रेटी वमनहुड नवदेवी अवार्ड कार्यक्रममा सगर्व सुनाइन् । क्रियटिभ स्टेटमेन्ट्सले आयोजना गर्दै आएको उक्त अवार्ड नौ वटा देवीको नाममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने महिलालाई दिइँदै आएको छ । अवार्डले दक्षिण एसियाली क्षेत्रका महिलाको सम्मान स्वरुप ‘रिजनल अवार्ड’ पनि संचालन गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.