नक्कली किसान बनाएर अनुदानको रकम

नक्कली किसान बनाएर अनुदानको रकम

कालिकोट : जिल्ला पशुसेवा कार्र्यालय कालिकोटले कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत साना अनुदान परियोजना ०७४/७५ को ९० लाख रुपैयाँ अनियमितता गरेको पाइएको छ। आयोजनाले वास्तविक किसान नभई नक्कली किसान खडा गरी रकम दिएर ९० लाख रुपैयाँ अनियमितता गरेको हो।

जिल्ला पशुसेवा कार्यालयका कर्मचारी, नक्कली किसान मिलेर आयोजना रकम अनियमितता गरेको पाइएको छ। अनियमितता गर्नेमा निवार्चित वडाध्यक्ष, पत्रकार, व्यापारी र राजनीतिकर्मीको समेत मिलेमतो रहेको पाइएको छ। तीन लाखसम्म अनुदान पाउने साना किसानको जिल्ला पशुसेवा कार्यालयका कर्मचारीले १५ हजार कन्सल्टेन्सीका नाममा र दुई लाख ७५ हजारसम्म अनुदान पाउनेबाट १३ हजार सात सय ७५ रुपैयाँ काटेको सर्वसाधारणको गुनासो छ।

‘किसानलाई व्यवसायीकरण गर्न अनुदान दिएको पैसामा कन्सल्टेन्सी नकाट्नुपर्ने हो’, सर्वसाधारणले भने, ‘नक्कली किसानलाई समेत अनुदान दिइएको छ।’ अनुदान लिनेहरूले रकम लगे पनि व्यवसाय सञ्चालन गरेका छैनन्। वास्तविक किसानलाई दिनुपर्ने अनुदान रकम कुखुरापालक समूह र डेरी सञ्चालन गर्नसमेत दिइएको छ। आफूले अनुदान लगे पनि व्यवसाय सञ्चालन गर्न नसकेएको नरहरिनाथ गाउँपालिका–८ का अनिलकुमार विष्टले बताए।

अनुदान लगेकाहरूले पनि सम्बन्धित काममा रकम लगाएका छैनन्।

चैत २८ गते खारेज हुने जिल्ला पशुसेवा कार्यालयबाट नेपाल पत्रकार महासंघका उपाध्यक्ष नमराज योगी र कालिका गाउँपालिकाका वडाध्यक्ष दीपराज महतराले पनि अनुदान लिएका छन्। उनीहरूले नर्सरी स्थापना गर्ने भनेर लिएका थिए। तर नर्सरी स्थापना गरेका छैनन्। कर्णाली कृषि सहकारी संस्थाका व्यवस्थापक योगीले भने अनुदानबाट रास्कोट नगरपालिकामा नर्सरी स्थापना गर्ने तयारी गरिएकोे बताए। ‘हामीले नगरपालिकासँग समन्वय गरी नर्सरी स्थापना गर्छां’, उनले भने। जिल्ला पशुसेवा कार्यालय प्रमुख व्रजकिशोर ठाकुरले कामको प्रकृतिअनुसार अनुदान दिइएको बताए।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.