सरिता ब्युटिसियन ट्यालेन्ट
काठमाडौं : ब्युटिसियन ट्यालेन्ट नेपाल–२०१८ को उपाधि गोरखाकी सरिता भारतीले जितेकी छन्। उनले उपाधिसँगै २५ हजार रुपैयाँ र फोटोजेनिकको उपाधि हात पारिन्।
रोज सीप विकास केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र विलक्षण क्रिएसनद्वारा संयुक्त रूपमा नाचघरमा आयोजित प्रतियोगितामा सर्लाहीका नवीना अधिकारीले मोस्ट ट्यालेन्टसहित फस्ट रनरअपको उपाधि र १५ हजारको कस्मेटिक सामग्री जितिन्। यस्तै रजनी श्रेष्ठ मिस पर्सनालिटीसहित सेकेन्ड रनरअप भइन्। उनले १२ हजार रुपैयाँ बराबरको कस्मेटिक सामग्री प्राप्त गरिन्।
प्रतियोगिताको निर्णायकमा ब्युटिसियनहरू डा. राज श्री श्रेष्ठ, इन्दुकुमारी आचार्य, अभिनेत्री हर्षिका श्रेष्ठ, अभिनेता निर्जन थापा, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य मधु शाही र मोडल पविना खड्का थिए।
प्रतियोगितामा २१ प्रतियोगी थिए। दीपाई सेढाईले बेस्ट ड्रेस, मोस्ट पपुलर ब्युटिसियन, पब्लिक च्वाइस र डिजर्भिङ अवार्ड जितिन्। यस्तै रञ्जना श्रेष्ठ गुरुङले फ्रेन्डसिप, प्रविना श्रेष्ठले चार्मिङ, रजनी भुजेलले स्टाइलिस्ट ब्युटिसियन, एलिना श्रेष्ठले पङ्चुअल, सपना थापाले मोस्ट डिसिप्लेन, दीपा अधिकारीले ब्युटिफुल आइजको अवार्ड जिते।
सरिता बास्कोटाले स्माइल, सबिना शाहीले ब्युटिफुल ब्युटिसियन, क्रिस्टिना महर्जनले हेल्दी हेयर, मीना गुरुङले अर्गनाइजर च्वाइस्, पुष्पा महर्जनले बेस्ट फिटनेस, दीपा महर्जनले मोस्ट कन्फिडेन्ट, मेघना देउलाले बेस्ट स्किन, कविता बानियाँले हेल्दी फिगर, बीना रानामगरले बेस्ट नेल आर्ट र सुहाना अर्यालले बेस्ट फिगरको अवार्ड जिते।
ब्युटिसियनको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुति र उनीहरूलाई यो पेसामा अझ दक्ष बनाउन ब्युटिसियन ट्यालेन्ट नेपाल आयोजना गरिएको रोज सीप विकास केन्द्रकी अध्यक्ष सुन्दरी कारञ्जितले बताइन्। कार्यक्रममा निशा देशार, सरिता प्रजापति, जुनु रिजाल काफ्ले, बुनु शर्मा उप्रेतीले गीत गाएका थिए।