चौंरी  सँस्कृति जोगाउन पहल

चौंरी  सँस्कृति जोगाउन पहल

 फालेलुङ : उच्च पहाडी क्षेत्रको गहनाको रुपमा लिइएको चौंरीलोप हुन थालेपछि नेपाल भारतको सीमाक्षेत्र पाँचथरको फालेलुङ-४ चाररातेमा चौंरीसंस्कृतिबारे चर्चा गरिएको छ। लोप हुन लागेको चौंरीसंस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण र जिल्लाको उच्च पहाडी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउने उद्देश्यले नयाँ वर्षको अवसर पारेर चाररातेमा दोस्रो अन्तर्राष्ट्रिय चौंरीमहोत्सवको आयोजना गरिएको हो। समहोत्सव दुई दिनसम्म सञ्चालन भएको हो।

करिब तीन हजार पाँच सय मिटर उचाई रहेको यो क्षेत्रमा चौरीपालनको ठूलो सम्भावना रहेको छ। प्रचुर सम्भावना रहेर पनि चौंरीसंस्कृति लोप हुन थालेपछि महोत्सवको आयोजना गरिएको हो। भारतको पश्चिम बंगाल राज्यसँग जोडिएको यो क्षेत्रमा दर्जनौ चौंरीगोठहरु छन्। पछिल्लो समयमा चौँरी गोठहरु घट्ने क्रममा छन्। गोठसँगै संस्कृति पनि लोप हुन थालेपछि त्यसलाई बचाउने उद्देश्यले गत वर्षदेखि महोत्सव गरिदै आएको छ। फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवद्र्धन समितिले आयोजना गरेको महोत्सवमा नेपाल, भारत र भुटानका चौरीविज्ञहरुको जमघट थियो।

‘चौंरीपालनको ठूलो सम्भावना भएर पनि यो क्षेत्रबाट चौंरीगोठहरु लोप हुने क्रममा छन्,’ आयोजक संस्थाका अध्यक्ष डिल्ली केरुङले भने,‘चौँरी देखाएरै आम्दानी लिन सकिने भएकाले संरक्षणका लागि पहल शुरु गरिएको हो।’ उक्त क्षेत्रमा भारत तथा दार्जिलिङ घुम्न आउने तेस्रो मुलुकका पर्यटकहरुसमेत चौंरीसंस्कृतिको बारेमा बुझ्न आउने गरेका छन्। भारतमा कम मात्रामा पाईन चौंरीनेपालको उच्च पहाडी क्षेत्रमा प्रशस्त मात्रामा पाइने भएकाले यहाँ पर्यटकहरु समेत आउने गरेका छन्। पर्यटकलाई तान्न चौंरीमहत्वपूर्ण माध्यम बनिरहँदा चौंरीनै लोप हुन लागेपछि चौंरीबारे चर्चा सुरु गरिएको हो। महोत्सवमा चौरीको दुधबाट बनाइएका परिकारहरु, चौंरीर भेडाको उनबाट बनेका सामग्री र लेकाली क्षेत्रमा पाइने जडिबुटी तथा कृषिजन्य वस्तुको स्टलहरु राखिएको थियो।

पाँचथर सदरमुकाम फिदिमदेखि करिब ७५ किलोमिटरको दूरीमा आयोजना गरिएको महोत्सवलाई करिब पाँच हजार मानिले अवलोकन गरेका थिए। नेपाल, भारत र भुटानका चौरीविज्ञ, व्यवसायी र सर्वसाधारण महोत्सवमा सहभागी थिए। त्यसमा करिब पाँच सय चौंरीपनि भेला गरिएको थियो। ‘चौंरीपर्यटनको विकास गर्ने हो भने यहाँका मानिसले राम्रो आम्दानी गर्ने रहेछन्,’ पोखरबाट महोत्सवमा सहभागीले भन,‘चौँरी संस्कृतिको संरक्षणका लागि राज्यले चासो दिनुपर्छ। यहाँ जस्तो चौंरीअन्त कतै हेर्न पाइँदैन। यसलाई बचाउन आवश्यक छ।’ महोत्सवको उद्घानका लागि पुगेको प्रतिनिधि सभा सदस्य बसन्त नेम्बाङले चौंरीगोठ र संस्कृतिको संरक्षण गर्न आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने वचन दिए। कार्यक्रममा सहभागी चौंरीविज्ञ, नेता र कार्यालय प्रमुखहरुले चौँरी संस्कृतिको महत्व बार चर्चा गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.