मेदान्ताको अतिसघन कक्षमा महन्थ ठाकुर, राजनीतिक भेटघाट ‘होल्ड’

मेदान्ताको अतिसघन कक्षमा महन्थ ठाकुर, राजनीतिक भेटघाट ‘होल्ड’

आशा थपलिया

नयाँ दिल्ली: मलाई ठीकै छ, एक दुईदिनमा डिस्चार्ज हुन्छु होला, तपाईँलाई विश्वास थिएन, म भर्ना भएको छु भनेर’, मेदान्ता अस्पतालको अतिसघनमा कक्षको भेटमा उनले हाँस्दै प्रतिप्रश्न गरे । ‘मधेसवादी राजनीतिका नेता उपचारका लागि दिल्ली आउँदा नेपाली राजनीतिक वृत्तमा चासो हुनु स्वभाविक हुन्छ, उनलाइ जवाफ फर्काएँ ।’

हातमा लगाइएको क्यानुला, युरिन पासका लागि लगाइएको टयूब, रक्तचाप, नाडीको चाल लगायतलाई पलपलको रेकर्ड राख्न लगाइएका मेशिनरी इक्विपमेन्टले उनलाई झर्को लागेको रहेछ । त्यसैले राउण्डमा आएका डाक्टरले ‘हाउ आर यू’ भनेर सोध्दा मेशिनतिर देखाउँदै उनले भने, ‘आई एम नट राइट ।’ 

हरियाणा राज्यको मेदान्ता अस्पतालस्थित अति सघन कक्षमा उपचारार्थ राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरकोे स्वास्थ्य अवस्था सन्तोषजनक रहेको चिकित्सकले बताएका छन् । राउण्डमा रहेका चिकित्सकले उनको स्वास्थ्य अवस्थामा सुधारोन्मुख रहेको बताए । उपचारका क्रममा उनको रक्तचापमा गिरावट र युरिनमा इन्फेक्सन देखिएकााले उनलाई विशेष निगरानीमा राखिएको पनि चिकित्सकले जानकारी दिए । उपचारका क्रममा ठाकुरलाई कब्जियतको समस्या पनि देखिएको छ ।

बुधबारदेखि उनको नियमित परिक्षण सुरु भएको थियो । नियमित चेकजाँचपछिको रिपोर्टमा मुटुको भल्वमा ब्लकेज देखियो । त्यसपछि उनको एन्जियोप्लास्टी गरिएको हो । एन्जियोप्लास्टी गरेर उनको मुटुमा स्टेन्ट (सानो मेटलको ट्युव) राखिएको छ ।  मुटुमा रगतको प्रवाह ब्लक भएको अवस्थामा संकुचित रक्तनलीहरुका ब्लकेज खोल्न अपनाइने अत्याधुनिक प्रकृया एन्जियोप्लास्टी हो । समयमा ब्लकेज खोलिएन भने हार्ट फेल हुने तथा ब्रेन हेमरेजको उच्च जोखिम रहन्छ ।

विहीबारदेखि अस्पताल भर्ना भएका ठाकुरलाई सोमबार सामान्य वार्डमा सार्ने भनिए पनि जोखिम नउठाउने भन्दै थप थप एक दुई दिन आइसीयूमा राख्ने सुझाव चिकित्सकले दिएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार मेदान्ता पुगेका ठाकुरको अस्पताल बसाई लम्बिएला भन्ने थिएन । चेकजाँचका साथै उनले दिल्लीमा राजनीतिक भेटघाट पनि गर्ने बुझिएको थियो । अस्पताल बसाई लम्बिने भएपछि हाललाई सबै भेटघाट होल्ड गरिएको पार्टी महामन्त्री चन्दा चौधरीले जानकारी दिइन् ।

ठाकुरको स्वास्थ्य अवस्थाबारेमा भारतीय उच्च राजनीतिक तहबाट सोधखोज भइरहेको बुझिएको छ । गृहमन्त्री राजनाथ सिंह , विदेशमन्त्री सुषमा स्वराजको कार्यालय र भाजपा नेता भगतसिंह कोशियारी लगायतबाट पनि ठाकुरको स्वास्थ्य अवस्थाबारे दिनहुँ अपडेट लिएको ठाकुरनिकट श्रोतले जनाएको छ ।

नेता ठाकुरको मुटुमा समस्या देखिएपछि सन् २०१६ जनबरीमा हरियाणास्थित मेदान्ता अस्पतालमा उपचार गराइएको थियो । मुटुको चाल नियन्त्रण गर्न पेस मेकर जडान गरिएको छ । त्यसको चार महिनापछि उनी फलोअपकालागि मेदान्ता आएका थिए । मधेस आन्दोलन, निर्वाचन लगायतको राजनीतिक व्यस्तताका कारण त्यसयता उनी चेकजाँचमा आउन पाएका थिएनन् । उनको पेसमेकरमा कुनै समस्या नरहेको बुझिएको छ । उपचारकालागि राजपाका अर्का नेता महेन्द्र यादव पनि दिल्लीमै रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.