जुन जहाजले विमानस्थल १४ घण्टा ठप्प बनायो (फोटो फिचर)

जुन जहाजले विमानस्थल १४ घण्टा ठप्प बनायो (फोटो फिचर)

तस्बिर : विकास कार्की, सुनिता डंगोल र दीपेन श्रेष्ठ 
काठमाडौं : मलेसियाको निजी हवाई सेवा प्रदायक मालिन्दो एयरको जहाज उडानका क्रममा रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेपछि बन्द भएको विमानस्थल १४ घण्टापछि पूर्णरूपमा सञ्चालनका आएको हो।

बिहीबार बेलुका ९:४५ बजे काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर उडान गर्न लागेको मालिन्दो एयरको जहाज अनियन्त्रित भई धावनमार्गबाट दक्षिणतर्फको ४० मिटर अगाडि चौरमा धसिन पुगको थियो।

मालिन्दोको जहाज विमानस्थलको रनवे (धावनमार्ग)बाट चिप्लिएर ४० मिटर पर पुगेको थियो। विमानस्थल कार्यालयका अनुसार जमिन छोड्नै लागेको जहाजमा ब्रेक लगाउन परेकाले जहाज अनियन्त्रित भई चौरमा धसिन पुगेको प्रारम्भिक रिपोर्ट बाहिर ल्याएको छ। ‘ट्याक्सी वे बाट रनवेमा गएर टेकअफ लागि स्पिड लिएका बेला ककपिटको स्क्रिनमा इरर (समस्या) देखिएपछि मैले टेक अफ गर्न चाहिनँ, रोक्न ब्रेक लगाउँदा जहाज अनियन्त्रित भयो’, पाइलटलाई उदृत गर्दै कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले भने।

जहाजको अगाडिको टायर माटोमा गएर धसिएको थियो। विमानस्थल कार्यालय तथा एयरलाइन्ससँग जहाज तान्ने प्रविधि नहुँदा शुक्रबार मात्र आर्मीसँग रहेको प्रविधि मगाई जहाज तान्ने काम सुरु गरियो।

करिब चार घण्टाको प्रयासबाट जहाजलाई धावनमार्गमा ल्याउँदै बुद्ध एयरलाइन्सको ह्यांगर अगाडि लैजान सफल भएको विमानस्थल कार्यालयका प्रवक्ता ठाकुरले जानकारी दिए। जहाज धसिएपछि त्यसपछिका सबै उडान रद्ध गरिएको थियो भने काठमाडौंतर्फ आएका जहाजलाई अन्य विभिन्न विमानस्थलमा डाइभर्ट गरिएको थियो।

कार्यालयका अनुसार मालिन्दोको उडानलगत्तै अवतरण गर्न तयार भएका जेट एयरवेज र मलेसियन एयरका जहाज लामो समयसम्म काठमाडौंको आकासमा घुमेका थिए।

तर, विमानस्थल नखुलेपछि जेट एयरवेज दिल्ली पुग्यो भने मलेसियन एयर बंगलादेशको ढाका पुगेको थियो। कार्यालयका अनुसार विमानस्थलबाट नेपालबाहिर जाने आठ उडान गए रातिदेखि होल्डमा राखिएको थियो। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका तीन-तीन, कतार र ओमन एयरका १-१ उडान होल्डमा थिए। तर, बेलुकादेखि बन्द रहेको विमानस्थल बिहान ८ः१५ बाटै आन्तरिकतर्फको उडान सुचारु गरिएको थियो।

तर, मालिन्दो एयरको दुर्घटनबाट जोगिएको जहाज कम्पनीबाट प्राविधिक टोली आएर परीक्षण गरेपछि मात्रै उडान भर्न पाउनेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि यस्तो घटना फेरि पनि हुनसक्ने भन्दै जहाज तान्ने प्रविधि नेपाल आर्मीसँग एमओयू गरेर खरिद गर्ने विषयमा छलफल थालेको छ। जहाज दुर्घटना हुँदा त्यसको व्यवस्थापनको जिम्मा एयरलाइन्स आफैंले लिनुपर्ने प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम बताउँछन्। एयरलाइन्स कम्पनीले न्यूनतम प्रविधि आफैं व्यवस्थापन गर्नु पर्ने हो। तर, यहाँ तथा ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको नेपाल एयरलाइन्सले समेत केही गरेको छैन।  

कोही यात्रु रुँदै, कोही बिरामी (फोटो फिचर)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.