माइभ्याली गोल्डकप: सिक्किम क्वाटरफाइनलमा

माइभ्याली गोल्डकप: सिक्किम क्वाटरफाइनलमा

इलाम : सिक्किम युनाइटेड क्लब भारत इलाममा जारी चौथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छ। 

शनिबार इलामको टुँडीखेलमा भएको खेलमा संकटा क्लब काठमाडौंलाई १–० को कठिन जित हांसिल गर्दै पाहुना टिम सिक्किमले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। 

प्रतिष्पर्धात्मक खेलमा २२ औं मिनेटमा नै सिक्किमका सञ्जय क्षत्रीले गोल गरी अग्रता दिलाएका थिए। पहिलो हाफमा विपक्षीलाई दबाबमा राख्न सफल सिक्किमको उत्कृष्ठ प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाउ गरेका थिए। 

दोश्रो हाफमा संकटा खेलमा फर्कियो। उसले आक्रमक शैलीमा खेल प्रदर्शन गर्यो। विपक्षीलाई दबाबमा राख्न सफल संकटाले दर्जन बढी अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो चरणबाटै बाहिरिन बाध्य बन्यो।

संकटाका दिपेश आले मगरले खेलको दोस्रो हाफमा सिक्किमका गोल किपर उर्गेन सेर्पा गोल पोष्टबाट निक्कै अघि बढेको अबस्थामा खाली पोष्टमा गरेको गोलले पनि जाली नचुम्दा संकटको बराबर गोल बनाउने अवसर पनि गुमेको थियो। 

यस अघि कटारी गोल्डकपमा शसस्त्र प्रहरीबलको टिमलाई पराजित गर्दै उपाधी चुमेको संकटका कोच सुगम तण्डुकारले प्रयास गर्दा पनि तालमेल नमिलेकाले पराजित हुनुपरेको बताए। 

झापा गोल्डकप, सिक्कम लिगलगायतका प्रतियोगिताको अनुभव संगालेको सिक्किमका कोच मेलदोक लेप्चाले प्राकृतिक खेल मैदानमा कम अनुभव रहेपनि खेलाडीको उत्कृष्ट प्रर्दशनको कारण सफलता मिलेको बताए। खेलमा सिक्किमका गोलरक्षक उर्गेन पिनेसो शेर्पा म्यान अफ दी म्याच घोषित भए। उनले नगद १० हजार रुपैयाँ र चाँदीको मेडल प्राप्त गरे। 

सिक्किमले अब १२ वैशाखमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको सामना गर्नुपर्नेछ।प्रतियोगिताअन्तर्गत आइतबार दुर्गापुर स्टिल टीएसवाई क्लब भारत र विभागीय टिम नेपाल पुलिस क्लब क्लबबीच प्रतिष्पर्धा हुनेछ। 

१७ वैशाखसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १२ टोलीको सहभागिता छ । माइभ्याली फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.