नाम मात्रका न्यायिक समिति

नाम मात्रका न्यायिक समिति

जाजरकोट : न्यायिक समितिहरू सक्रिय नहुँदा स्थानीय तहले गर्ने न्याय सम्पादन प्रभावकारी हुन सकेको छैन। गाउँ तथा नगरपालिकामा उपाध्यक्ष÷उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समिति सक्रिय नहुँदा स्थानीयलाई इजलासको अनुभूति हुन नसकेको हो।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको ११ महिना बितिसक्दा पनि नागरिकले न्याय सम्पादन, विकास, सहज सेवालगायतको अनुभूति गर्न सकेका छैनन्। संविधानको धारा २१७ मा स्थानीय तहमा मुद्दा हेर्ने अधिकार गाउँ तथा नगरका उपाध्यक्ष÷उपप्रमुखलाई जिम्मेवारी तोकिएको छ। प्रभावकारी रूपमा काम गर्न नसक्दा स्थानीय तहमा गठित न्यायिक समिति नाम मात्रका भएका छन्।

तीन नगरपालिकाले सम्बन्धित तहबाट सेवा प्रवाह गरे पनि चार गाउँपालिका अहिले पनि जिल्ला सदरमुकाम केन्द्रित छन्। सम्बन्धित गाउँपालिकामा स्थानीय तह नजाँदा न्यायिक समितिसमेत कामविहीन बनेका छन्। त्यसैले स्थानीयलाई इजलासको अनुभूति हुन नसकेको जुनीचाँदे ५ की राज्यलक्ष्मी शाहले बताइन्। न्यायिक समितिका पदाधिकारी नै सदरमुकाम केन्द्रित हुँदा समस्या भएको उनको भनाइ छ। ‘सानातिना झगडा, घरेलु हिंसालगायतमा न्याय खोज्नुपर्ने बेला न्यायिक समितिका संयोजक नै नभेटिँदा समस्या देखिएको छ’, उनले भनिन्, ‘गाउँपालिकाको कार्यालय, कर्मचारी र जनप्रतिनिधि भेट्टाउन दुई दिन पैदल हिँडेर सदरमुकाम जानुपर्ने बाध्यता छ।’

बैंक, सञ्चारलगायतका समस्या देखाउँदै अहिले पनि कुशे, बारेकोट, जुनिचाँदे र शिवालय गाउँपालिकाले सम्पर्क कार्यालयका नाममा सदरमुकामबाट सेवा प्रवाह गर्दा न्याय सेवा प्रभावकारी हुन नसकेको हो। न्यायिक समिति निष्क्रिय हुँदा पीडित न्याय पाउनबाट वञ्चित हुने गरेका छन्। न्यायिक समितिका सदस्यलाई कानुनी क्षेत्राधिकार र कार्यविधिबारे अन्योल हुँदा थप समस्या भएको हो। न्यायिक समिति निष्क्रिय भएपछि न्याय क्षेत्रमा विनियोजित बजेट खर्च हुन सकेको छैन।

न्याय सम्पादन कार्यविधिबारे कुनै पनि जानकारी नहुँदा समस्या भएको कुशे गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक रामछायाँ शाहीले बताइन्। हालसम्म न्यायसम्बन्धी ऐन पारित हुन नसक्दा कार्यविधिसमेत बन्न सकेको छैन। भेरी, छेडागाड र नलगाड नगरपालिकाले न्यायसम्बन्ध्ीा ऐन पास गरे पनि अझै कार्यविधि बनाउन सकेका छैनन्।

यहाँका सातवटै स्थानीय तहका न्यायिक समितिका संयोजक महिला छन्। उनीहरू कसैलाई पनि कानुनका आधारभूत विषयबारे जानकारी छैन। उनीहरू अहिले कानुन अध्ययन गरिरहेका छन्। एकातिर न्याय दिने व्यक्तिलाई नै कानुनबारे जानकारी छैन भने अर्कोतिर स्थानीय तहमै न्याय पाइन्छ भन्नेमा ग्रामीण क्षेत्रका बासिन्दासमेत अनभिज्ञ छन्।

उपाध्यक्ष÷उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समितिले स्थानीय स्तरमा न्याय सम्पादनका गतिविधि अघि बढाउनसमेत सकेका छैनन्। सामान्य प्रकृतिका मुद्दामामिला स्थानीय स्तरमा समाधान गर्ने अभिप्रायले न्यायिक समितिको अवधारणा आए पनि सम्बन्धित निकाय नै अन्योलमै रहेको बारेकोट १ का दलबहादुर बुढाले बताए। करिब एक वर्षको अवधिमा सातवटा स्थानीय तहले २० वटा मुद्दा पनि फछ्र्याेट गर्न सकेका छैनन्। सबै तहमा गरी चार दर्जन हाराहारीमा मुद्दा दर्ता भएका छन्।

न्यायिक समितिमा जग्गासम्बन्धी, ठगी, कुटपिट, घरेलु हिंसालगायतका मुद्दा आउने गरेको नलगाड नगरपालिकाकी उप्रप्रमुख बालकुमारी बस्नेतले बताइन्। सामान्य कार्यविधि नबनाउँदा र स्थानीय तहमा कानुनसम्बन्धी अनुभव भएको कर्मचारी अभावले न्याय सम्पादनमा समस्या देखिएको उनको बुझाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.