प्रदेश २ को बजेट प्रस्तुत : प्रत्येक सांसदलाई १०/१० लाख
जनकपुर : प्रदेश २ काे सरकारले चालू आर्थिक वर्षको बजेट प्रस्तु्त गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री(अर्थ मन्त्री) विजयकुमार यादवले चालू आवको लागि १ अर्ब २ करोड ५७ लाखको बजेट प्रस्तुत गरेका छन् ।
प्रदेश सभामा मंगलबार प्रस्तुत गरिएको बजेटमा संसद विकास कोष अन्र्तरगत प्रत्येक सांसदलाई १०/१० लाख रुपैयाँको दरले उपलब्ध गराउने उल्लेख गरिएको छ । ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान’का लागि ८० लाख बजेट छुट्याइएको छ ।
त्यस्तै कृषि क्षेत्रमा ९ करोड र मुख्यमन्त्री राहत कोषको लागि २ करोड बजेट बिनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री यादवले बजेट प्रस्तुत गरेपछि प्रदेश सभामा त्यसबारेमा छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
३