चारकोसेमा गोली हानेर विद्यार्थीका आक्रमणकारी पक्राउ

चारकोसेमा गोली हानेर विद्यार्थीका आक्रमणकारी पक्राउ

धरान :  धरानमा गोली प्रहार गरी फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको  छ । विद्यार्थीमाथि आक्रमण गर्ने  धरान–१५ का कुम्भे भनिने दिपल राई, कुमार लिम्बू र विज्ञान लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक  रामेश्वर पौडेलले जानकारी दिएका छन् ।

सादा पोसाकमा खटिएको प्रहरी हवल्दार भीम दाहाल नेतृत्वको टोलीले चारकोसे जङ्गलबाट उनीहरुलाई पक्राउ गरेको हो । चारकोसे जङ्गलमा लुटेरा खोज्दै गएको प्रहरी टोलीमाथि आक्रमण प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरी पक्राउ गर्न सफल भएको डीएसपी पौडेलले जानकारी दिएका छन् ।

विद्यार्थी आक्रमणमा संलग्न लिम्बे भनिने विकेन लिम्बू भने फरार रहेकाले  खोजी भइरहेको पौडेलले बताए । पक्राउ परेका माथि ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाइएको छ ।

सोमबार राति कुम्भेको समूहले पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा पढ्दै गरेका विद्यार्थी बाग्लुङ घर भएका सुजन खड्का र काभ्रेपलाञ्चोक घर भएका प्रदीप सापकोटालाई छुरा प्रहार गरेका थिए ।दुवै विद्यार्थी इञ्जिनियरिङ क्याम्पसमा कम्प्यूटर इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन् । 

खड्कालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा राखेर उपचार भइरहेको छ भने सापकोटाको स्थिति सामान्य छ ।  धरान-१५  विशाल चोकस्थित साथीको डेराबाट नोटबुक लिएर कलेजको छात्रावासतर्फ फर्कँदै गरेका विद्यार्थीमाथि लुटपाट गर्ने उद्देश्यले  आक्रमण गरेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.