भारीका भरमा महिला

भारीका भरमा  महिला

कालिकोट : कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका अधिकांश महिला भारी बोकेर घर चलाउने गर्छन् । जीविकोपार्जन गर्ने वैकल्पिक पेसाको अभावमा उनीहरू भारी बोकेरै भए पनि आफ्नो गुजारा गर्न बाध्य छन् । नरहरिनाथ गाउँपालिका ९ स्थित खुलालु बजारका पसलसम्म भारी पु¥याएबापतको कमाइले महिलाहरूले घरखर्चदेखि छोराछोरीको पढाइलगायत अन्य खर्च धान्दै आएका छन् ।

खुलालुमा भारी बोकी जीविकोपार्जन गर्ने नरहरिनाथ १ की जैकला विकले खुलालु र जिते बजारमा भारी बोकेरै घर खर्च चलाइरहेको बताइन् । करिब १५ जनाभन्दा बढी भारी बोक्ने महिलाकी अगुवासमेत रहेकी जैकलाले हरेक दिन भारी बोकेर मासिक १५ हजारभन्दा बढी बचत हुने बताइन् । उनले भनिन्, ‘घरमा चार छोरा र दुई छोरी छन्, सबै खर्च भारी बोकेरै जोहो गर्दै आइरहेकी छु,       श्रीमान् अशक्त भएकाले घरको सबै जिम्मेवारी आफ्नै थाप्लोमा आएको छ ।’

उनी मात्र होइनन् उनीसँगै भारी बोक्ने सबै महिलाको पीडा उस्तै छ । दैनिक प्रतिकिलो दुई रुपैयाँका दरले व्यपारीले सामान बोकाउने गरेपछि दिनमा १ हजारदेखि १ हजार पाँच सयसम्म कमाउने गरेका छन् । अर्की भरिया बिन्दा विकले आफूले पनि वर्षौंदेखि जैकलासँगै भारी बोक्दै आएको बताइन् । उनले व्यापारीहरूले काले खोलाबाट आफ्नो पसलसम्म समान ओसारेपछि प्रति किलो किलोको २ रुपैया दिन्छन् । दिनमा ६ सय किलोभन्दा बढी सामान बोक्न सकिने भएकाले भारी बोकेरै जीविकोपार्जन गरेको सुनाइन् ।

जीविकोपार्जन गर्ने वैकल्पिक पेसाको अभावमा उनीहरू भारी बोक्न बाध्य छन् ।

२४ वर्षीया पविता एकल महिला हुन् । काम गर्ने सिलसिलामा उनी र उनका उनका श्रीमान् भारत गएका थिए । तर, वर्ष दिनअघि उनको श्रीमान्को भारतमा मृत्यु भयो । त्यसपछि पविता बालबच्चाको लालनपालनका लागि भए पनि नेपाल फर्किइन् । र, अहिले भारीकै सहारा लिँदै आएकी छिन् । उनले भनिन्, ‘भारतबाट कालिकोट आएपछि जीविकोपार्जनका लागि उपयुक्त पेसा भारी बोक्ने नै लाग्यो, त्यसैले अहिले भारी बोकेर छोराछोरीको पढाइ खर्च र अन्य पारिवारिक खर्च चलाइरहेको छु ।’ उनले आँसु झादै भनिन्, ‘दलित परियो, रोजगारी केही छैन । बुढा सासू ससुरा र छोराछोरी पाल्न भारी बोक्नुपर्ने बाध्यता छ । जग्गा पनि धेरै छैन । जग्गामा लगाएको अन्नबालीले ६ महिना खान मात्र पुग्छ । अरू दिन त भारी बोकेरै परिवार पाल्ने गरेको उनले आँसु झार्दै पीडा पोखिन् । उनले रुँदै भनिन्, ‘जन्मिँदै भारीको सहारामा बाँच्नू भनेर भावीले नै निधारमा लेखिदिएको रहेछ ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.