नेपाली कफीको प्रचार सगरमाथा र ल्होत्सेको चुचुरोबाट

नेपाली कफीको प्रचार सगरमाथा र ल्होत्सेको चुचुरोबाट

काठमाडौं :  बारिष्टा दावुटी शेर्पाले यबसन्त ऋतुमा सगरमाथा र ल्होत्से हिमालको चुचुरोबाट बिश्वबजारमा नेपाली कफीको सकारात्मक सन्देश पु¥याउने लक्ष्य राखेकी छिन् । विदेशी कफीकै भरमा नेपाल चल्दै आएको र कफी उत्पादनको प्रवल सम्भावना र बजारको उचित व्यवस्थापन कम्जोर भएकाले यसको प्रचारमा वारिष्टा आफै चुचुरोबाट सन्देश प्रवाह गर्ने तयारीमा जुटेकी हुन् । 

वारिष्टा दावुटीले कफीको प्रचारको लक्ष्यसहित एकै मौसममा सगरमाथा र ल्होत्से हिमालको आरोहण गरी नयाँ कीर्तिमान राख्ने तयारीमा छिन् । आरोहण अनुमती र बिमा पायोनियर एड्भेन्चर कम्पनीबाट  अनुमती लिएर सेभेन समिट ट्रेकबाट उनी हिमाल आरोहण गर्दे छिन् । 

दावुटी यसै साता सगरमाथाको तेस्रो क्याम्प सम्म पुगेर आरामको लागि आधार शिविर फर्केको छ, उनको क्षमता र आत्मबल बढी भएकाले हिमाल आरोहण गर्न सक्ने देखेकोे आरोहण गाइड पासाङ ग्याल्जेन शेर्पाले बताए । ल्होत्से आरोहणका लागि १० आरोहण दलका १ सय ७ जना आरोही रहे पनि यो मौसममा दुवै हिमाल आरोहण गर्ने उनी पहिलो नेपाली हुन् । 

पहिलो पटक सर्वोच्च शिखरबाट कफीको प्रचार गरेर नेपाली अर्थतन्त्रमा सहयोग पु¥याउने लक्ष्य लिएको भन्दै उनको प्रयासलाई व्यवसायीहरुले सम्मान गरेको छ । कीर्तिमान भन्दा पनि नेपालमा कफीको अवस्था विदेशीकै भरमा हुनु पर्ने प्रचारप्रसारलाई ध्यान नदिनुनै कमजोर भएको व्यवसायी सुमन श्रेष्ठ बताउछन् । शेर्पाले पहिलो यसै साता ल्होत्से हिमालको आरोहण गरी फर्केर पुन सगरमाथा आरोहणमा जाने योजनामा छिन् ।

पर्यटन विभागको तथ्यांकअनुसार सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै ३४ विदेशी आरोहण दलका ३ सय २६ आरोही र ४ नेपाली आरोहण दलका २० गरी कुल ३ सय ४६ आरोहीले यो ऋतुमा आरोहण अनुमति लिएका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.