जाजरकोटका ४९ 'यार्सा चोर' डोल्पामा पक्राउ

जाजरकोटका ४९ 'यार्सा चोर' डोल्पामा पक्राउ

दुनै,डोल्पा : डोल्पाका हिमाली पाटनमा यार्सा चोरी गर्ने ४९ जना पक्राउ परेका छन्।जगदुल्ला गाउँपालिकाको जगदुल्ला पाटनमा यार्सा चोर्न गएका उनीहरुलाई प्रहरीले पक्राउ परेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारी दिएको छ।

यार्सा चोरी गर्नेमा ११ जना महिला र ३८ जना पुरुष छन्। उनीहरु सबै जाजरकोट निवासी भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिए।

गस्तीमा रहेको सुरक्षाकर्मी, निकुञ्ज मध्यवर्ति क्षेत्र र सामुदायिक बनको संयुक्त टोलीले सोमबार राति ११ बजे जगदुल्लाको पाटनमा बसिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको अधिकृत चौधरीले जानकारी दिए।

उनले यार्सा चोरमा ठेकेदारले पठाएका कामदार रहेको र ठेकेदार फरार रहेको जानकारी दिए।जम्मा ५१ जना मध्ये २ जना नाइके यार्सासहितको झोला लगेर भागेको र अन्य कामदार समातिएकाले बुधबारसम्म शुलिगार्डमा ल्याइपुर्‍याउने निकुञ्जको कार्यालयले जानकारी दिएको छ। एक साता पहिले कागमारा पाटनबाटै ७ जना यार्सा चोरलाई नियन्त्रणमा लिएको कार्यालयले जानकारी दिएको छ।
 
जेठको एक गते सबैका लागि यार्सा पाइने हिमाली पाटनहरु खुल्ला गरिने भनिएपनि लुकीछिपी  यार्सा संकलन गर्नेहरु पहिले नै पाटनमा पुगिसकेको स्थानीयले बताए।

यतिबेला डोल्पाका यार्सा पाइने दर्जनौं हिमाली यार्सा पाटनमा दैनिकी गस्ती बढाइएको छ।शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र मध्यवर्ति क्षेत्रमा सबै निकायले गस्ती गरेर सुरक्षा दिएको छ भने अन्य सामुदायिक बनहरुमा सामुदायिक बनका पदाधिकारी,समूह तथा क्लबले सुरक्षा दिइरहेका छन्। 

अघिल्ला वर्षमा जेठको १० गते पाटनहरु खुल्ला गरिएको भएपनि यस वर्ष भने जेठ १ गते खुल्ला गरिने निकुञ्जको कार्यालयले जानकारी दिएको छ। डाेल्पाका जगदुल्ला,कागमारा,टाङटुङ्गे,कुनासा,पेरिकोप्पा,सागर,नावरपानी,धो,डाँगे,रुपपाटन,बाघडाँडा,पोकेपानी,साइकुमारी,माटे,ग्यालबारालगायत दर्जनौ पाटनमा यार्सागुम्बा पाइन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.