राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन कार्यालयमा तालाबन्दी

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन कार्यालयमा तालाबन्दी

सुर्खेतः राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको कार्यालयमा तालाबन्दी गरिएको छ । आयोजना निर्माणका क्रममा स्थानीयाबसी र कामदारबीचको सहमति कार्यान्वयन नभएको भन्दै मंगलबार तालाबन्दी गरिएको हो । 

आयोजनाबाट प्रभावित र मजदुृरहरुसँग भएका सहमति कार्यान्वयनमा बेवास्ता गरेको भन्दै भेरीगंगा नगरपालिका–५ हात्तिखालस्थीत आयोजनाको कार्यालयमा तालान्दी गरिएको हो । 

विगतका सम्झौता कार्यान्वयन गर्नुपर्ने मागसहित स्थानीयबासीहरुका तर्फबाट सरोकार समिति र मजदुर यूनियनले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् । 

मागै माग

आयोजना निर्माण गर्दा अतिप्रभावितस्थल भेरीगंगा नगरपालिका–५ हात्तिखाल र गेरुबानीमा दीर्घकालिन रुपमा शुद्ध खानेपानी योजना निर्माण गर्नुपर्ने सहमति हालसम्म कार्यान्वयन नभएको सरोकार समितिको आरोप छ । 

यस्तै, विद्युत, सिँचाइ लिफ्टिङ्गको दीर्घकालिन समाधान गर्नुपर्ने, आयोजना निर्माण क्षेत्रको जनता प्रावि र सरस्वति प्राविमा ध्वनि तथा वायु प्रदुषणरहित पर्खाल व्यवस्थापन गर्नुपर्ने माग सरोकार समितिले राखेको छ ।

हात्तिखाल र गेरुवानीअन्तर्गत पर्ने मुल सडक तथा रिङ्ग रोडमा पक्की नालासहित विभिन्न खोलाहरुमा आवश्यकताअनुसार कल्भर्ड तथा ह्युम पाइप तत्काल व्यवस्था गर्नुपर्ने माग गरिएको छ । 

बाढी प्रभावित क्षेत्रमा दीर्घकालिन तटबन्धनको तत्काल व्यवस्था गर्ने सहमति भएपनि हाल कुनै काम नगरेकाले आयोजनाले विगतमा भएका सम्झौताहरु कार्यान्वयमा आफुहरु विश्वस्त नभएको प्रभावितहरुको भनाइ छ । 

प्रभावितक्षेत्रमा स्थायी रुपमा बसोबास गर्ने स्थानीयबासीका लागि उपयोगी सीपमुलक, कृषि तथा पशुपालन, स्वरोजगारमुलक तालिम सञ्चालन गर्न स्थानीय समुदायको माग छ । 

वनभोज पार्क चाहियो ?

यस्तै, खेलमैदान र वनभोज पार्क निर्माण गर्नुपर्ने पनि माग गरिएको छ । विभिन्न बाहानामा आयोजना तथा चिनिया कम्पनीबाट निकालिएका दक्ष–अदक्ष कामदारहरुलाई प्रत्यक्ष कामदारको रोहवरमा सहमति गरि तत्काल रोजगारी दिनुपर्ने माग मजदुर युनियनको छ । 

उनीहरुले काम गरिहेका कामदारलाई रोजगारीबाट निकालिएकोमा आपत्ति जनाउँदै पुनः काम दिन माग पनि गरेका छन् । यस्तै, कामदार तथा श्रमिकहरुको मासिक रुपमा एक दिन बिदा दिनुपर्ने र दिनको पूर्ण तलबभत्ता उपलव्ध गराउनुपर्ने माग मजदुरहरुका छन् । 

पहिल्यै पुरा भए माग

यता आयोजनाका निर्देशक शिवकुमार बस्नेतले असन्तुष्ट पक्षका मागहरु पहिले नै पुरा भइसकेको बताउँदै केही माग कार्यान्वयन भइरहेको अवस्थामा आयोजनालाई प्रभावित गर्न तालाबन्दी गरिएको आरोप लगाए । 

‘हामी स्थानीय र मजदुरको मागप्रति संवेदनशील छौं, त्यसैले केही पहिले नै पुरा गरिसकेका छौं र केही माग पुरा हुने चरणमा छन्’, उनले भने, ‘नेपालमै नमूना प्रोजेक्टको धमाधम काम भइरहेको अवस्थामा तालाबन्दी गर्नु राम्रो होइन, चित्त नबुझेको कुरा छफफल गर्नुपर्यो । तालबन्दी गरेर काम कसरी अगाडि बढ्छ ?’ उनका अनुसार भेरी बबईको सुरुङ निर्माण मंगलबारसम्म चार किलोमिटर सम्पन्न भइसकेको छ ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.