विश्वकप फुुटबलको यात्रा
विश्वकप फुुटबल थालनीको कथा अन्तर्राष्ट्रिय फुुटबल महासंघ (फिफा) सँग जोडिएको छ। फिफाको कथा भने विभिन्न देशमा स्थापना भएका राष्ट्रिय फुुटबल संघको इतिहास र विकाससँग जोडिएको पाइन्छ। सन् १८६६ मा विश्वमा पहिलो पटक राष्ट्रिय फुुटबल संघ ‘इङ्ल्यान्ड फुुटबल एसोसिएसन’ (एफए) गठन भयो। केही वर्षपछि अन्य देशमा पनि धमाधम फुुटबलको राष्ट्रिय संघ स्थापना भए।
फुुटबल खेल र त्यसका राष्ट्रिय संघको विस्तार हुुँदै गएपछि एउटा अन्तर्राष्ट्रिय फुुटबल संघको आवश्यकता महसुुस गरियो। यही खाँचोको निकासका लागि फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स, डेनमार्क, स्पेन, स्विडेन र स्विट्जरल्यान्ड गरी सात देशका प्रतिनिधिहरू फ्रान्सको पेरिसमा भेला भए । भेलाले सन् १९०४ मे २९ मा फुुटबलको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय फुुटबल महासंघ (फिफा) को औपचारिक गठन गर्यो। इङ्ल्यान्ड त्यसको दुुई वर्षपछि फिफाको सदस्य बन्यो। त्यसपछि विस्तारै अन्य देशले फिफाको सदस्यता लिने क्रम बढ्यो। यो हालसम्म जारी छ। अहिले विश्वका दुुई सय ११ देश फिफा सदस्य छन्। नेपालले भने सन् १९७० मा मात्र फिफाको पूर्ण सदस्य बनेको थियो।
विश्वकप फुुटबलको थालनी भने आधुुनिक ओलम्पिक खेलकुुद प्रतियोगिताको सुुरुवातसँगै भएको हो। सन् १९०० मा भएको दोस्रो ओलम्पिक खेलकुुद प्रतियोगितामा पहिलो पटक फुुटबल खेल समावेश गरिएको थियो। ओलम्पिक फुुटबलको सफलताले उत्साहित भएका फिफाका सदस्य राष्ट्र र यसका पदाधिकारीले अन्तर्राष्ट्रिय फुुटबल प्रतियोगितालाई ओलम्पिकको घेरामा मात्र सीमित राख्न नहुुने निष्कर्ष निकाले।
छलफलको क्रम वर्षौं चलिरह्यो। अन्ततः सन् १९२८ मे २६ मा बसेको फिफा कंग्रेसले फुुटबलको छुुट्टै ठूलो प्रतियोगिता आयोजना गर्ने निर्णय गर्यो। हरेक चारचार वर्षमा फिफा सदस्य देशहरूबीच विश्वकप फुुटबल प्रतियोगिता आयोजना थाल्ने निर्णय भयो। जुुन युुगान्तकारी निर्णय थियो।
सन् १९२९ को बार्सिलोना फिफा कंग्रेसमा विश्वकप आयोजनाको जिम्मेवारी उरुग्वेलाई दिइयो। त्यसपछि पहिलो विश्वकप सन् १९३० मा गरिने निचोड निकालियो। उरुग्वेको राजधानी मोन्टेभिडियोमा सन् २०३० को जुुलाई १३ मा फ्रान्स र मेक्सिकोबीच विश्वकपको पहिलो खेलको औपचारिक उद्घाटन भएको थियो। एक लाख दर्शक अट्ने नवनिर्मित रंगशाला स्टेडियम देल सेन्टेनारियोमा भएको विश्वकपको पहिलो संस्करणमै दर्शकको उत्साह थामिनसक्नुु बन्यो।
पहिलो विश्वकप आयोजना हुुँदा फिफा सदस्य देशको संख्या जम्मा ४१ थियो। त्यो बेला छनोट चरण प्रतियोगिता भएको थिएन । तसर्थ, विविध कारणले गर्दा पहिलो विश्वकप प्रतियोगितामा १३ देशले भाग लिएका थिए।
दोस्रो विश्वकपमा सहभागी सदस्य देशको संख्या धेरै भएकोले उनीहरूबीच छनोट प्रतियोगिता गराइएको थियो। छनोट चरण पार गरेका १६ टोली फाइनल चरणको प्रतिस्पर्धाका लागि छनोट भएका थिए। त्यसपछि लामो समयसम्म छनोट चरण र त्यही १६ देशबीच फाइनल स्पर्धा खेलाइने क्रम जारी रह्यो।
रूसमा दुुई महिनापछि सुुरु हुुने विश्वकपको माहोल तात्दै गर्दा सहभागी देशको संख्या ४८ पुुर्याउने फिफाको निर्णयले नेपालजस्ता धेरै देशलाई खुुसी बनाएको छ।
विस्तारै सदस्य संख्या र खेलको स्तर बढ्दै गएकोले सन् १९८२ को १२औंं विश्वकपदेखि यसलाई बढाएर २४ देश पुुर्याइयो। विश्वकपमा भाग लिन चाहने देशको संख्या झनै बढ्न थालेपछि सन् १९९८ को १६औं संस्करणदेखि विश्वकप फाइनल चरणका लागि छनोट हुुने देशको संख्या ३२ पुुर्याइएको थियो। हालसम्म सहभागी संख्या यही कायम राखिएको छ। सन् २०२२ मा कतारमा आयोजना हुुने विश्वकपसम्म सहभागी संख्या ३२ नै रहनेछ।
बहस ४८ को
एक वर्षअघि फिफाले विश्वकप फुुटबलमा सहभागी संख्या अझै बढाउने निर्णय गरेको छ। विश्वभरका फुुटबल समर्थकले यसलाई फिफाको दूरगामी प्रभाव पार्ने निर्णयका रूपमा आत्मसाथ गरेका छन्। सन् २०२६ मा आयोजना हुुने विश्वकप फुुटबलमा सहभागी टोलीको संख्या ३२ बाट बढाएर ४८ पुुर्याउने निर्णय फिफाले गरेको छ। हाल फाइनलमा पुुग्ने ३२ टोलीलाई आठ समूहमा विभाजन गरिँदै आइएको थियो।
अब सुुरुमा सुुरुमा तीनतीन टोली सम्मिलित १६ समूहमा प्रारम्भिक प्रतिस्पर्धा हुुनेछ। त्यसपछि मात्र अन्य चरणका खेल हुुनेछन्। यस्तोमा एउटै संस्करणको विश्वकपमा ८० खेल हुुनेछन्। यसले विश्वकप चल्ने दिन पनि स्वतः बढ्नेछ। फिफाको यस निर्णयलाई लिएर अहिले ठूलो विवाद सुुरु भइसकेको छ। कतिपय देशले खुुलेर यसको समर्थन गरेका छन्, भने कतिले विरोध गरेका छन्।
विरोध गर्नेमा युुरोप र दक्षिण अमेरिकी देशहरू अगाडि छन्। उनीहरूको तर्क छ, विश्वकपमा सहभागी टोली बढाउनुु यसको गुुणस्तर खस्किनुु हो। अब्बल दर्जाको फुुटबल स्तर नभएका देश पनि विश्वकपमा छनोट हुुनेछन्। यसले विश्वकपको स्तरलाई कमजोर बनाउनेछ।
विश्व फुुटबलमा लामो समयदेखि आफ्नो प्रभुुत्व जमाउँदै आएका युुरोप र दक्षिण अमेरिकी वास्तवमा पारम्परिक फुुटबल चाहन्छन्। ताकि उनीहरूको आफ्नो प्रभाव नघटोस्। मुुख्यगरी युुरोपका प्रमुुख ठूला र धनी क्लब फिफाको निर्णयविरुद्धमा छन्। विश्वकप लामो समय चल्दा युुरोपका क्लब फुुटबलमा असर पर्ने र आफ्ना खेलाडी गुुमाउनुुपर्ने त्रास उनीहरूमा छ।
तर, विश्वकपमा टोली बढाउने फिफाको निर्णयले एसिया र अफ्रिकन देशहरूलाई खुुसी बनाएको छ। सहभागी संख्या बढ्दा एसिया र अफ्रिकाले धेरै टोली पाउने सम्भावना बढ्छ। त्यसपछि धेरैले विश्वकप मेरो पनि हो भनेर स्वामित्व लिने फुुटबल विश्लेषकहरूको ठहर छ।
जनसंख्या र भूगोलको दृष्टिले पनि एसिया र अफ्रिका अपार छ। अझ पछिल्लो समय एसिया र अफ्रिकन फुुटबलको स्तर धेरै माथि गएको छ। अहिले विश्व फुुटबलको सबैभन्दा ठूलो व्यापार केन्द्र एसिया भएको छ। आर्थिक वृद्धिले माथि रहेका र जनसंख्याको हिसाबले पनि विश्वका दुुई ठूला देश चीन र भारतले पनि विश्वकपलाई नजर लगाउने दिन नजिक छ। फुुटबलका पण्डितहरू यदि फुुटबलले आफूलाई विश्वको खेल भएको दाबी गर्छ भने, यो खेल भारत र चीनमा पनि पुुग्नुुपर्ने धारणा राखिरहेका छन्।
यही सेरोफेरोमा चीन र भारतले फुुटबलस्तर माथि उकास्न ठूलो आर्थिक लगानी गरिरहेका छन्। युुरोप तथा अमेरिकी फुुटबलरको व्यावसायिक गन्तव्य अहिले चीन र भारतका क्लब बन्न थालेको छ। यसले विश्वकपमा भारत र चीनको सम्भावनाको ढोका विस्तारै खुुलेको बुुझ्न सकिन्छ।
युुरोपको सानो टुुक्रो आइसल्यान्ड जस्तो देशले विश्वकप फुुटबल खेलिरहेको अवस्थामा सहभागी संख्या बढाउँदा दक्षिण एसियाको सानो मुुलुुक नेपाल र भुुटानसमेत विश्वकप सहभागिताको सपना देख्ने ठाउँ धेरै पैदा भएको छ। रूसमा दुुई महिनापछि सुुरु हुुने विश्वकपको माहोल तात्दै गर्दा सहभागी देशको संख्या ४८ पुुर्याउने फिफाको निर्णयले नेपालजस्ता धेरै देशलाई खुुसी बनाएको छ।