ह्याप्पी बर्थ डे उपेन्द्रजी

ह्याप्पी बर्थ डे उपेन्द्रजी

वैशाख २९ गते बिहानै मोबाइलको घन्टी बज्छ। उनी मोबाइलको स्क्रिन हेर्छन् र मलाई सोध्छन्, ‘जिरो एकहत्तर कताको नम्बर हो सर ? ’

‘खै सर, पश्चिमतिरको हो कि ? ’

‘ल्यान्ड लाइनबाट फोन आउँछ यार’, उनी उता बोल्छन्, ‘हेल्लो।’

‘नमस्कार।’

‘हेहेहे। धन्यवाद बैनी।’

‘ल ल।’ पालमको लयमा उनको ‘ल ल’ हुुन्छ। अनि बिदा माग्छन्, ‘सेवारो।’

‘हेहेहे।’ उनी एकपल्ट जोडले हाँस्छन् र ओछ्यानमाथि मोबाइल फाल्दै भन्छन्, ‘हाउ सर, मेरो जन्मदिन चैं खासमा कहिले हो ? यो बैनीले त आज पो शुुभकामना दियो। हेहेहे।’

यो एउटा मीठो गसिप हो, म रिनिन्न हुुन्छुु।

०००

इन्द्रबहादुुर राईको ‘खीर’ कथाले जीवनको आयामलाई चारैतर्फबाट हेर्छ, हेर्नू भन्छ। यता, झाँक्री बाचाहिँ ‘खीर’बाट नयाँ विम्ब नै बनिसकेका छन्। जट्टाधारी, खीर खुुवाउने झाँक्री बाको ‘ट्रेलर’ मात्रै हेर्नेको कम लामो ताँती छैन। ‘ट्रोल’ त कति बन्यो कति। अझ साउन पन्ध्र आयो कि झाँक्रीकै कुुरा आइहाल्छ। त्यो दिन त ‘ह्याप्पी बर्थ डे सर’ भन्नेको ओइरो लाग्छ। टीभी, रेडियोमा अन्तर्वार्ता दिन भ्याइनभ्याइ हुुन्छ, त्यो दिन। कतिपय बाँझोपन रहेको परिवारमा ‘झाँक्री बा’को जट्टा वा उखुुम उपद्रोको मजाक हुुने गरेका छन्। कतिपय परिवारमा त ठट्टा र लट्टासमेत परेका छन्। ‘फिक्सन’जस्तै लाग्छ तर होइन। जमाना सेल्फीको छ। तर, यी झाँक्री बासित खिचेको ‘सेल्फी’, खासगरी छोरीमान्छेले फेसबुुक वा इन्स्ट्राग्राममा पोस्ट गरे भने ‘कमेन्ट’मा यस्तो आइहाल्छ, ‘बूढाले खीर खुुवाउलान् है... हाहाहा।’

एउटा ‘गसिप–मिथ’ भएका छन्। नेपाली साहित्यमा ‘खोलाको गीत’ कवितासंग्रहका लोकप्रिय कवि, ‘लाटो पहाड’ कथा संग्रहका प्रिय लेखक हुुन्। नेपाली सिनेमामा झनैको ‘सिग्नेचर’ छ। उनी एक अब्बल ‘स्क्रिप्ट राइटर’ पनि हुुन्। उनी अर्थात् मेरा प्रिय साथी उपेन्द्र सुुब्बा।

साँच्चै उपेन्द्रजीको जन्मदिन कहिले हो त ? मैले पनि पो यत्रो वर्ष सोधिनछुु। किन पो होला ?

०००

‘गडतीरका राँकेभूतहरू’ कवितासंग्रहमा उपेन्द्रजीको जन्मदिन असार २९ गते छ। म सायद, त्यतै ढुुक्क थिएँ। तर, जब उनैले मलाई सोधे, म नाजवाफ भएँ। अनि प्रश्न उनैलाई सोझ्याएँ, ‘यस्तो भयो कसरी ? के अहिलेसम्म जन्मदिन मनाउनुु भको छैन ? ’

‘अब जन्मदिन नै था छैन त कसरी मनाउने ? कुुन दिन मनाउने ? हेहेहे।’

तब, किस्साहरू खुुल्न थाले।

मकै गोड्दा

उबेला, गाउँकी निरक्षर आमा। उसमाथि खाँट्टी लिम्बुुनी आमा, उनलाई यस्ता तिथिमितिको याद रहने कुुरै भएन। आवश्यक नै थिएन। आमा भन्नुुहुुन्थ्यो, ‘वैशाखको महिना थियो। लेकको बारी। बारीमा मकै एकोहोर्‍याउँदै (गोड्दै) गर्दा तिमी जन्मेको हो।’

सो साल, समयमै कमाइ लगाइएको हो भने आमाका अनुुसार उपेन्द्र सुुब्बाको जन्म वैशाख पैलो हप्तादेखि दोस्रो हप्ताको वरपर पर्छ। मकै गोड्दा जन्मेका हुुन्, उपेन्द्र सुुब्बा। अब उनको जन्मदिन त्यही छेकोमा मनाउने हो।

वैशाख २९ र ३०

आमाले तेह्रजना छोराछोरी जन्माउनुुभयो। बाउआमाका पाँचौं सन्तान हुुन् उपेन्द्र। उनीअघि जन्मिएका चार दिदीमध्ये दुुईजना त सानैमा बितिसकेका थिए। तेह्रजनामा बँचेका छजनामध्येका पाँचौं सन्तान, उसमाथि छोरो। वंशको उत्तराधिकारी, उपेन्द्रका बाबुु खुुसी भइहाले। उनले गाउँका ज्योतिषीलाई ‘टीप’ टिपाए। टीपमा वैशाख ३० गते शुुक्रबार लेखियो। त्यसैअनुुसार उनको नाम जुुर्‍यो, उपेन्द्रबहादुुर आङ्देम्बे। राशिचाहिँ वृष।

आमाका अनुुसार उपेन्द्र सुुब्बाको जन्म वैशाख पैलो हप्तादेखि दोस्रो हप्ताको वरपर पर्छ। मकै गोड्दा जन्मेका हुुन्, उपेन्द्र। अब उनको जन्मदिन त्यही छेकोमा मनाउने हो।

गजब छ कि यही नाम, राशिमा ग्रहदशा हेराउँछन् उपेन्द्र। उनले यस्तो ठट्टा गरिहाले, ‘हेहेहे, हेराउँछुु कि। तर, अशुुभजति सप्पै मिल्छ। शुुभ त एउटै मिले पो।’

‘हो र ? ’

‘हाउ, मेरो बाउ नपढेको। पौडेल थरको ज्योतिषी थ्यो, ठगिखायो होला हाउ मेरो बाउलाई।’

अझ मजाको कुुरो छ। उपेन्द्र भर्खरै मात्र एकजना महाजान्ने भनेर चिनिएका ज्योतिषीकहाँ गए। नाम, राशि र जन्ममिति बताए। ज्योतिषीले वैशाख २९, ३० गते जन्मिएको कोही पनि मान्छे वृष राशि हुुनै नसक्ने जिकिर गरे। अहिले पात्रो पनि मोबाइलको ‘एप्स’मा छँदै छ। उनले हेरे। नभन्दै बाउले भनेको ‘३० गते शुुक्रबार’ नै नमिल्दो रहेछ। शुुक्रबार त २९ गते नै पर्दो रहेछ। गज्याङमज्याङ त त्यसै भइहाल्यो।

‘टीप बनाउनेले ठगे पनि, नजानेरै गरेको भए पनि नाम चैँ राम्रो जुुरायो हाउ सर।’ नाम भने मन परेको छ उपेन्द्रलाई।

चैत ३०

एप्सले देखाएअनुुसार शुुक्रबारचाहिँ चैत ३० गते पर्छ। कि यसोचाहिँ हो त ? आफैंमा प्रश्न उब्जिन्छ। उत्तर नि सहज हो कि लाग्छ। फेरि होइन, भन्ने प्रमाण बलियो छ।

गाउँमा बडाबाका छोरा एकजना दाजुु छन्। उनी ठ्याक्कै उपेन्द्रभन्दा पन्ध्र दिनअघि जन्मिएकोमा सबैको कुुरा मिल्छ। किस्साचाहिँ के छ भने ती दाजुु सानैदेखि उपेन्द्रभन्दा साना गाँठीका थिए, छन्। तिनलाई उपेन्द्रले नहेपेको दिन कुुनै भएन। ती दाजुुले सधैं एउटै गुुनासो गरे, ‘नहेप् मोटे। जे भा पनि तँभन्दा म पन्द्र दिनले दाजुु हुुँ।’

बडाबा त पढेका। उबेलाका जान्नेबुुझ्ने नै। तिनले त पक्कै आफ्नो छोरोको जन्ममिति सही नै टिपाए। तर, ती दाजुुको जन्ममिति भने २०२९ साल छ। फेरि त एक वर्षकै गडबड भइहाल्छ।

साटिएको मिति

सँगै पढ्ने साथी थियो, अइन्द्र आङ्देम्बे। साइनोले बाजे तर असाध्यै मिल्ने। नौ कक्षामा पढ्दा एसएलसीका लागि ‘रजिस्ट्रेसन फारम’ भर्नुुपर्ने भयो। सँगै फारम भर्ने भए। सरहरूले जन्ममिति सोधे। दुुईजनाको जन्ममिति यहीँनेर साटासाट भयो। उपेन्द्रले २०३० वैशाख ३० भनेका थिए, त्यो अइन्द्रलाई गयो। अइन्द्रको उपेन्द्रलाई पर्‍यो, २०२८ असोज १० गते।

लाहुुरे जाने रहर छँदै थियो। नागरिकता बनाउन मिल्ने भयो। उमेर बढेकोमा कुुनै गुुनासो गरेनन् उपेन्द्रले। तर, कहाँबाट कहाँ पुुग्यो वास्तविक जन्ममिति ? आखिर लाहुुर लागेनन्। अहिले केही पछुुतो छ। फेरि यसो सम्झिल्यायो। अब त उमेर ढल्किँदै छ। बुुढेसकालले अत्याउँदै छ। खुुसी नै लाग्छ, ‘कम्तीमा दुुई वर्षअघि नै वृद्धभत्ता थाप्न थालिन्छ। हेहेहे।’

१ जनवरी

फेसबुुकको लहर आयो। ‘अकाउन्ट’ खोल्नै पर्‍यो। जन्ममिति त जनवरी १ भएछ। यस्तोचाहिँ प्रायः धेरैको हुुन्छ, भएको छ। हरेक साल जनवरी १ मा फेसबुुकको वालभरि उपेन्द्रलाई जन्मदिनका सयौं शुुभकामना आउँछन्। ‘होइन’ किन भन्ने र ? होचाहिँ पो के हो र ? तै, मनले नमान्दो रहेछ। हरेक १ जनवरीमा आफ्नो फेसबुुके वालमा उपेन्द्र लेख्छन्, ‘हुुन त मेरो जन्ममिति आज होइन। तर, शुुभकामना दिनुुभएकोमा सप्पैलाई धन्यवाद !’

र मेरा कुुरा—

हो, मानिस एकपल्ट जन्मन्छ। यो प्राकृत कुुरा हो। छोराछोरी कहिले जन्मेका हुुन् ? भन्ने हाम्रा बाउ मुुलाङहरूलाई के थाहा होला र ! आमाहरू सुुत्केरी हुुँदा कहाँ रक्सी मातेर लट्ठुु पो भएका थिए कि ? कति दिन जुुवा खेलेर अनिँदोले पो झुुल्दै थिए कि ? आमालाई नै थाहा हुुनुुपर्ने हो खास मिति त। तर, आमालाई तिथिमितिकै वास्ता नभएपछि उसै तलमाथि भइहाल्छन् जन्ममितिहरू।

उपेन्द्रजी,

चेतना, कर्म वा सिर्जनाले त पटकपटक जन्मन्छ मान्छे। जसरी साउन १५ मा झाँक्री बा भएर जन्मनुुभयो। पहिलो कविता कृतिमा असार २९ गते भएर जन्मनुुभयो। शिक्षा लिने क्रममा असोज १० गते जन्मनुुभयो। यी सप्पै जन्ममिति हामी तपाईंका हितैषी, ‘फ्यान’हरूका लागि स्वीकार्य छन्। बरु, गसिपकै रूपमा यतिचाहिँ ठट्टा गर्छुु, ‘यति हो, गलत जन्ममिति बनाएकोमा राज्यले अप्ठेरोमा नपारोस् ! भोलिका पुुस्ताले तपाईंको जन्मजयन्ती पो कहिले मनाउने होला ? ’

सोच्दो छुु, गसिपजस्ता लाग्छन् तपाईंका जन्मदिनहरू। तपाईं आफैं भन्नुुहुुन्छ नि ? ‘मैले आफ्नो जन्मदिन मनाउन पाइनँ, नपाएर के भो ? ठूला मान्छेहरूले पो मनाउने हो जन्मदिन त।’ त्यही र त मेरो तपाईंलाई जहिल्यै, ह्याप्पी बर्थ डे उपेन्द्रजी।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.