कुरुप समयको स्वर

कुरुप समयको स्वर

समाजमा नारी पुुरुषबीचको समानताको गीत गाइए पनि नारी मनोविज्ञानलाई बुुझ्ने र सुुन्ने चेष्टाको कमी नै छ। आज पनि पितृसत्तात्मक सोँच र संस्कारको लेपभित्र आफ्नो आकांक्षा र यौन चाहनालाई ढाक्न बाध्य छन् कतिपय नारी।

महेशविक्रम शाहको कथासंग्रह ‘भुुइँखाट’ (२०७४) को शीर्षक कथा ‘भुुइँखाट’मा एक्लै सुुतेकी नारी पात्र कोठाको कुुनामा भएको सानो साँघुुरो भुुइँखाटको ओछ्यानमा एक्लै पल्टिँदा उसलाई एक्लोपनको अनुुभूति भएको छ। श्रीमान् अफिसबाट घर फर्किंदा राम्री देखिने प्रयासमा अर्को दिन दिनभर आफूलाई सिँगार्छे। उता हप्ता दिनदेखि श्रीमतीबाट विकर्षित पुुरुष पात्र पलङमा एक्लै पल्टेर निदाएको बहाना गरेको छ तर उसमा पनि निद्रा पटक्कै छैन।

यो कथा मनोविज्ञानको सिद्धान्तलाई समेत आत्मसात् गर्दैै अघि बढेको छ। नारी पात्र भुुइँखाटबाट उठेर अँध्यारोमै विस्तारै पलङतिर जान खोज्दा पुुरुष पात्र पनि अँध्यारोमै भुुइँखाटतिर बढ्न खोज्दै गरेको संयोग पर्न जान्छ। यसरी सुुखान्तबोधक संवेगमा कथा टुुंगिएको छ। संवेगात्मक परिवेशको प्रस्तुुतिमा कथाकार शाहको ‘भुुइँखाट’को कथात्मक कला पाठकका लागि रुचिकर लाग्छ।

महेशविक्रम शाहको सातौं कथासंग्रह ‘भुुइँखाट’ले मानव र मानव समाजका यस्तै विभिन्न भित्री र बाह्य पाटाहरूलाई खोतल्ने जमर्को गरेको छ। अठारवटा कथाको सँगालो रहेको यस कथासंग्रहका संकलित कथाहरूमा विषयको वैविध्य छ। नरनारीबीचका सम्बन्ध, नारीका पीडा र विवशता, राजनीतिक द्वन्द्वजन्य पीडा, निम्नवर्गका अभावजन्य पीडा, सामाजिक–आर्थिक विकृति र विसंगति, मनमा उब्जिएका चाहनाहरूले उत्पन्न गरेको अन्तद्र्वन्द्व, विदेशको जीवन भोगाइ आदि विषय यसमा समेटिएका छन्।

संग्रहको ‘सिंहदरबार’ कथामा व्यक्तिगत सपनाभन्दा सुुन्दर नेपाल निर्माण गर्ने सपनालाई ठूलो र महत्वपूर्ण ठानी घरपरिवार छोडेर १० वर्षसम्म युुद्धमा लडेका विद्रोही छापामार लडाकुुमा उत्पन्न मनोवैज्ञानिक अभिघातको जीवन्त चित्रण छ। यस कथाको ‘ऊ’ पात्र समानता र अधिकारको रक्षा गर्न भनी सशस्त्र द्वन्द्वमा विद्रोही सेनामा समावेश भई जोश, जाँगर र साहसका साथ लडेको हुुन्छ। तर, पार्टीका कामरेडहरूको व्यवहारबाट विक्षिप्त बन्छ।

अर्को कथा ‘निना’मा रूढिवादी परम्पराको खास्टो च्यातेर स्वतन्त्रताको संसार अनुुभव गर्ने चाहनामा बहकिएर कतिपय नारीहरू स्वतन्त्रताको दुुरुपयोग र चरित्रहीन, कर्तव्यहीन बनेको स्थितिलाई मुुख्य घटनासन्दर्भ बनाइएको छ। खान, लगाउन र बस्न पाउने विषयलाई मानिसको नैसर्गिक अधिकार हो भन्दैमा आजको युुगमा त्यतिले मात्र ती आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न सक्दैन भन्ने मानसिकताको पक्षमा यस कथाका नारी पात्रहरू निना, माला उभिएका छन्।

‘टेपरी गाउँ’ शीर्षकको अर्को कथामा बर्सेनि आउने राप्ती नदीको डुुबान पीडित निम्नवर्गीय मानिसहरूको दुुःखको जीवन्त चित्रण छ। बाढीका बेला केही खानेकुुरा र लत्ताकपडा बाँडे पनि सरकारले समस्याको दीर्घकालीन समाधान हुुने खालको कुुनै व्यवस्था गर्दैन। प्रत्येक वर्ष वर्षायाममा अलपत्र जीवन बिताउने बाढीपीडितको दुुःखमय भोगाइप्रति कथाकार संवेदनशील देखिन्छन्। बाढीपीडित रहमलालप्रति पाठकको मनमा सहानुुभूति जाग्ने किसिमले कथान्त देखाइएको छ। दुुःखी गरिबप्रति पाठकीय संवेदना जगाउने किसिमको कथाकारको जुुन कथाशिल्प छ, त्यसले यो कथा हृदयस्पर्शी र संवेद्य बनेको छ।

अर्को कथा ‘थाक्पा’मा आफ्नो जन्मभूमिको हावापानी र माटोको सुुगन्धमा रमाउँदै संघर्षशील परिवेशमा बाँचेको भेडीगोठालोको जीवनको चित्रण छ। यस कथामा माथिल्लो मुुस्ताङको ठ्याक्पा गाउँ निवासी थाक्पा नाम भएको भेडी गोठालोको दुुःख, अभाव उसको निश्छल, निष्कपट व्यक्तित्व र जन्मभूमिप्रतिको उसको श्रद्धा र प्रेम अभिव्यक्त छ।

‘गोल्डफिस’ कथाको सिंगै कथावस्तुु र पात्र नै प्रतीकात्मक छ। यस कथामा वाच्यार्थ र लक्ष्यार्थभन्दा माथिल्लो तहमा गएर अर्थ खोज्न पाठक बाध्य हुुन्छ। यो नै कथाकारको प्रस्तुुतिको सफलता हो। एक्वारियमभित्रका गोल्डलगायत विभिन्न जातका माछालाई मानवीकरण गरी पात्रका रूपमा प्रस्तुुत गरिएको छ। अक्वारियमभित्रकी माछालाई अक्वारियमभित्रको ऊर्जाहीन, साँघुुरो र अत्यासलाग्दो वातावरण मसानघाट झैं लाग्दा नदीमा हेलिन पुुग्छे। नदीको फैलावट, गहिराइ, नदीको गति र तीव्र प्रवेगको अनुुभूतिले ऊ स्वतन्त्र भएको अनुुभव गर्छे। नदीमा पुुगेकी माछा मन शान्त पारेर अक्वारियममै फर्किन्छे। यस कथामा प्रमुुख रूपमा स्वतन्त्राको महत्वलाई प्रस्तुुत गरिएको छ। यो कथा पुुरुषप्रधान समाजमा पुुरुषद्वारा प्रतिबन्धित भई परतन्त्र जीवन बाँच्न विवश भएका नारी पीडाका प्रतिनिधि स्वर हो कि भन्ने पनि लाग्छ।

विषयवस्तुुका साथसाथै शिल्प र शैलीका दृष्टिले पनि कथाहरू संवेद्य र चित्ताकर्षक लाग्छन्। शाहको पछिल्लोे कथासंग्रह भुुइँखाट साहित्यसिर्जना यात्रामा अघि बढिरहेको गतिशील पाइला हो।

‘नवाबगन्ज’ कथामा समाजमा आपराधिक गतिविधिमा लागेर आर्थिक लाभ गर्न खोज्ने खराब प्रवृत्तिका मानिसको शारीरिक तथा मानसिक हिंसाजनक व्यवहार अभिव्यञ्जित गरिएको छ। त्यसैगरी ‘बडा डन’ शीर्षकको कथामा पनि नेताहरूको छहारीमा हुुर्किएका डनको अराजक र आपराधिक गतिविधिको चित्रण छ। व्यक्ति अपहरण गरी विभिन्न मानसिक यातना दिने, उसका परिवारसँग विभिन्न धम्की र मानसिक यातना दिँदै फिरौती माग्ने अपराधीहरूको आपराधिक चरित्र बताउन यो कथा सहायक देखिन्छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशसम्म योगदान दिएका हरेक युुगका हरेक क्षेत्रका गौरवमय, सम्मानित, संवेदनशील र महŒवपूर्ण बौद्धिक दार्शनिक व्यक्तित्वहरू सधैंभरि देशका संसारकै गौरव–गरिमा हुुन्। तिनको योगदानबाट प्रेरणा लिएर अघि बढ्नुुको सट्टा अचेल मानिसहरूले लोभलालचको भावना लिएका छन्, तिनलाई विस्तारै भुुल्दै गएको व्यवहारप्रति चिन्ता तथा निराशको अभिव्यक्ति छ ‘प्रभुुको सालिक’ शीर्षकको कथामा। कथाको अन्त्यमा आगन्तुुक पात्रको विचार, निर्देशन र इच्छाबमोजिम मंगलमानले निर्माण गरेको सालिकलाई समारोहमा उपस्थित मानिसहरूले जोकरको सालिक भनेर हाँसेको घटनासन्दर्भमा तीव्र व्यंग्य प्रहार छ।

‘बिजुुलीदेवी’ कथामा गाउँमा कसैको घरमा पनि शौचालय नहुुँदा खुुला स्थानमा दिसापिसाब गर्न जान विशेष गरी महिलाहरू समस्यामा परेको विषयलाई यस कथामा चित्रण गरिएको छ। यहाँका कतिपय गाउँमा आज पनि पुुरानो युुगका अविकसित, अशिक्षित मानिसले भोगेका दुुःखद जीवन स्थितिलाई यस कथाले संकेत गरेको छ।

‘मध्यरातमा म्यानहटन’ कथामा न्युुयोर्कको म्यानहटनको प्राकृतिक दृश्यको वर्णन छ। सप्तरंगी इन्द्रेणीझैं जीवनको कल्पना गरेर आफ्नो देश छाडेर अमेरिका गएकी एक नेपाली युुवतीको कथा यहाँ छ। अमेरिकामा काम पाउन नसक्दा आफ्नो शरीर बेचेर भए पनि घर फर्किने रकम जुुटाउने प्रयत्न गर्दाको कहालीलाग्दो अवस्थालाई यस कथामा प्रस्तुुत गरिएको छ। अनेक सुुख र प्रलोभनले बिदेसिएका नेपालीको जटिल जीवन स्थितिलाई देखाएर स्वदेशमै श्रम र संघर्ष गर्नका निम्ति पाठकलाई जागृत पार्न सक्ने यस कथाको सामथ्र्य छ।

‘शीतलहर’ कथामा तराईको शीतलहर र जाडो छेक्न सक्ने लुुगा किन्ने क्षमता नहुुँदा कठ्यांग्रिँदै फुुसको झोपडीमा रात कटाइरहेका निम्न आर्थिक अवस्थाका गाउँले मानिसले भोगेका दुुःख, अभाव र पीडाको जीवन्त चित्रण छ।

विज्ञानको विषयलाई कथा रचनाको सामग्री बनाउनुु गाह्रो काम हो। ‘युुरी र इन्डियानो’ कथामा महाभूकम्प जानुुको वैज्ञानिक आधारलाई नारी पात्र युुरी र पुुरुष पात्र इन्डियानोका माध्यमबाट रुचिकर ढंगबाट प्रस्तुुत गरिएको छ। त्यस्तै ‘मिस्टर एनोड र मिसेज क्याथोड’ पनि स्वैरकल्पना जोडिएको विज्ञानसम्मत कथा हो। यस कथामा ऋणात्मक ध्र्रुुव र धनात्मक धुु्रवलाई पात्र बनाई विज्ञानको विषयलाई कथात्मक अभिव्यक्ति दिइएको छ। यस खालका पात्रद्वारा विज्ञानको विषयलाई कला–मूल्य दिन सक्नुु कथाकारको वैशिष्ट्य हो।

‘सुुपारी’ कथा कर्मचारीमा देखिएको भ्रष्टाचारी प्रवृत्तिका विरुद्धमा उभिएको छ। यस कथाको श्रीमान् पात्रले कार्यालयको गेट, घरका पर्खालमा बसेर आफूलाई व्यभिचारी, भ्रष्टाचारीलगायत अनेक नाम दिएर गाली गरिरहने भिखारी मानिसलाई मारिदेऊ भनी पप्पुु पात्रसँग प्रस्ताव राख्छन्। उक्त भिखारीले श्रीमान्लाई मार्न भनी दिएको पेस्की आफूले पहिले नै बुुझिसकेको भनी पप्पुुले बताएको कुुराले श्रीमान् झस्कन्छन्। यसरी यस कथामा कथाकारले उत्पीडक तथा उत्पीडित दुुवै वर्गका पात्रहरूलाई समानान्तर रूपमा खडा गरी खराब पात्रका खराब प्रवृत्तिहरूको कुुरूपीकरण र असल पात्रका असल प्रवृत्तिहरूको उदात्तीकरण गरेका छन्।

वादी समुुदायका महिलाका यौन शोषणका घटनासँग जोडिएको विषयबाट ‘गुुलाफ’ कथा सिर्जना भएको छ। यस कथाकी गुुलाफ पात्र व्यभिचारी किस्न सिंहलाई र आफ्नै छोरीको पनि हत्या गर्छे। गुुलाफको दाबीअनुुसार किस्न सिंह नै उसकी छोरीको बाबुु हो। आफ्नै छोरी आफ्नै सौता हुुनबाट बचाउन, छोरीलाई वेश्या हुुनबाट बचाउन र व्यभिचारी किस्न सिंहको वंश समाप्त पार्न गुुलाफले उसको र आफ्नी छोरीको हत्या गरेको घटनावलीपछि कथा समाप्त भएको छ।

‘रु. दस लाख’ र ‘पचास बिडा पान’ यी दुुवै कथामा मधेसमा चलेको राजनीतिक द्वन्द्वका कारण बेलाबेलामा हुुने बन्द र आन्दोलनले जनजीवन नै ठप्प बनेको सन्दर्भ छ। द्वन्द्वजन्य पीडा, रोग, भोक, शोक र असुुरक्षाको भोगाइबाट पीडित भएका निम्नवर्गीय नेपाली नागरिकको अभिघातलाई यी कथामा सार्वजनिक गरिएको छ। यी कथाका कथावस्तुुमा तराईमा चलेको द्वन्द्वजन्य घटना, क्रियाकलाप र परिवेशको कलात्मक र प्रभावात्मक गुुम्फन भएको पाइन्छ।

यस संग्रहका कथामध्ये कतिपय कथाको शैली मूलतः अभिधामूलक वाच्यार्थप्रधान देखिन्छ भने केही कथाचाहिँ प्रतीकात्मक, व्यंग्यात्मक शैलीबाट पनि निर्मित छ। विषयवस्तुुका साथसाथै शिल्प र शैलीका दृष्टिले पनि कथाहरू संवेद्य र चित्ताकर्षक लाग्छन्। शाहको पछिल्लोे कथासंग्रह भुुइँखाट साहित्यसिर्जना यात्रामा अघि बढिरहेको गतिशील पाइला हो। दारुण एवं करुण अवस्थिति र दुुःखान्त परिणतिको अभिव्यक्तिमा व्यंग्यात्मक, प्रतीकात्मक, विम्बात्मक, आलंकारिक, सहज, संवेद्य, सरल र स्वाभाविक शैलीको सजीव प्रस्तुुति हुुनुुलाई भुुइँखाट कथासंग्रहको कलात्मक उचाइका रूपमा लिन सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.