हराएको बादी परिवार

हराएको बादी परिवार

अछामको सानो गाउँमा एउटा खबर आयो, ‘पुुलबजारमा बादी परिवार आए।’ २०६१ चैतको अन्तिम साता आइपुुगेको यो खबर चैते हुुरीसँगै डढेलोझैं फैलियो। हरेक घरका वयोवृद्ध, वृद्ध बादीसँग जोडिएका आफ्ना सम्झना खोतल्न थाले। उमेरको टोकरीको पिँधमा पुुगेका बादी सम्झना सतहमा आउन थाले।

अछामको कैलाश खोला किनारको पुुलबजारमा बस्न आएको त्यो बादी परिवार अब वरपरका गाउँ बस्तीका युुवाको दिलो–दिमागमा बस्न थाल्यो। त्यो सानो बजारको अर्को खासियत थियो, सिनेमा। सोलारबाट सिनेमा देखाइने टेलिभिजन हल। त्यही हलको आडमा रक्सी, खाद्यान्न, मलखाददेखि गाउँमा आवश्यक सबै सामग्री उपलब्ध हुुने बोहोरा साहुुजीको भव्य दुुकान।

बादी परिवारले बोहोरा साहुुजीको दुुकानमा शरण माग्यो। साहुुजीको दिलभन्दा पनि दुुकान ठूलो थियो। किनाराको खाली कोठा देखाइदिए, बादी परिवारका लागि। दुुकान र हलको एक हिस्सा बादी परिवारको भयो।

बादी परिवारको आगमनपछि पुुलबजार वरपरका चार गाउँको ‘हब’ बन्न थाल्यो। पुुलबजारको भाग्य बादीको आगमनसँगै चम्कियो। लामा साहुुजीलाई माछा हालेको चाउचाउ र ५० नेरुको पोका दारु सर्भ गर्न भ्याई नभ्याई हुुन थाल्यो। २० रुपैयाँको पकाएको चाउचाउको मूल्यमा बढोत्तरी भएर ३० पुुग्यो। दिनदिनै व्यापार बढेपछि लामा दाइले पनि टीकापुुरमा एक कट्ठा जमिन किन्न भ्याए।

०००

मेरो वार्षिक परीक्षा भर्खरै सकिएको थियो। स्कुुल जाने चटारो थिएन। बिहान भोकमार्नी (खाजा) खाएर निस्केको म एकैचोटि दिउँसोको खाना खान घर पुुग्थेँ। साथमा हुुन्थ्यो, एक जर्किन पानी। हजुुरआमा खुुसी, भए पाँच नभए दुुई रुपैयाँ दिनुुहुुन्थ्यो। यो मैले पानी बोकेबापत पाउने नियमित ज्याला थियो। आरु, उखुु बेचेर हजुुरआमाले आर्जेको रुपैयाँ मलाई ज्याला तिर्दैमा सकिँदो हो, सायद।

साँझपख दर्नाको मध्यभागमा रहेको भत्केको कोट (दर्नाली राजको दरबार)को चौरमा हामी केटाकेटी जम्मा हुुन्थ्यौं। बुुद्धहरू पनि चौरको किनारामा गफिन्थे। चौरको पल्लो किनारामा उभिएर दुुईजना दाइ पुुलबजारमा फिल्म हेर्न जाने योजना बनाइरहेको कुुरा मेरो कानसम्म पनि आइपुुग्यो। उनीहरू छेवैमा गएर भने, ‘दाइ मुुलाई पन लैजाओ न, मुु पन जान्या हुु फिलिम हेर्न।’

उनीहरूले एक सय रुपैयाँ लिएर आउन निर्देशन दिए। मैले पनि फिलिम हेर्ने लोभमा हुुन्छ भनेँ। तर, मलाई त्यति रुपैयाँ जम्मा गर्न साँच्चिकै गाह्रो थियो। हजुुरआमाले दिएको दुुई र पाँच रुपैयाँ जम्मा गरेर सय रुपैयाँ पुुर्‍याउन जुुनी बित्ने निश्चित थियो।

हजुुरआमाले पैसा राख्ने गरेको स्थान कोक्रो थियो। एक दिन खाना खाएर खेल्न निस्केको म भोकमार्नी खाने समयभन्दा अगाडि नै घर आएँ। हजुुरआमा बारीमा तरकारी गोड्दै थिइन्। कोक्रोबाट हजुुरआमाको पैसा राख्ने थैलीबाट सय भारुको बेरिएको नोट निकाले। पछिल्लो दिन फिलिम हेर्न जाने पक्का गरेँ। त्यसपछि फिलिम देखाउन लग्ने मेरा दूत दाइहरू खोज्दै गाउँ डुुले। बल्लतल्ल भेटिए। बाटैमा उनीहरूले भारु सय मागिसकेका थिए। मेरो गोजीमा अब हिजोको पानी बोकेको ज्याला पाँच रुपैयाँ मात्र थियो।

जसरी उनीहरू बिना कुुनै सूचना, पूर्वजानकारी पुुलबजारमा बस्न आएका थिए, त्यसरी नै चुुपचाप गए। कसैले बताउन सकेन उनीहरू कता गए। धेरै दिनसम्म गाउँमा बादी परिवारका छोरीहरूको सबैखाले चर्चा छायो। र, त्यो चर्चा विस्तारै सेलायो।

पुुलबजार पुुग्यौं। पुुल तरेर पारि गएपछि दायाँतिर लामा दाइको चाउचाउ दुुकान, बायाँतिर देशीको दुुकान छ। सीधै अगाडि गए भित्ताको आडमा सार्की दाइको जुुत्ता पसल। देशीको दुुकान हुुँदै पूर्वतर्फ लाग्यो भने आउने पहिलो र अन्तिम घरको माथिल्लो तलामा थियो टीभी हल। तल्लो तलाको ७० प्रतिशत हिस्सामा बोहोरा साहुुजीको किराना पसल। अनि बाँकी भागमा बादीको मुुकाम। टीभी हल पनि बोहोरा साहुुजीकै मान्छेले चलाएको थियो।

मलाई टीभी हलभित्र छिराए, हातमा कागजको सानो टुुक्रा दिए र भने ‘फिलिम हेर, हामी खाल (पौडी) खेल्न जाँदा भयाऊँ।’ पहिलोपटक फिलिम हेर्न पाएको मैले हुुन्छ भनेँ। एउटै झ्याल भएको त्यो टीभी हलमा त्यो झ्याल पनि बन्द थियो। त्रिपाल ओछ्याइएको गुुट्खा, सुुर्ती, गोल्ड चुुरोटको गन्धले टीभी हल उकुुसमुुकुुस थियो। टीभीको सिसामा देखिए— राजेश हमाल, निखिल उप्रेती र दिलीप रायमाझी। त्यसले मेरो उकुुसमुुकुुस कता हरायो कता। ‘कर्तव्य’ मैले पहिलोपटक हेरेको सिनेमामा निखिलले खुुट्टामा डोरी बाँधेर पुुलबाट हामफालेको दृश्य आज पनि मेरो दिमागमा कैद छ। सिनेमा सकिएपछि बाहिर निस्के, त्यो कागज त्यहीको मान्छेले फिर्ता माग्यो। बाहिर आएर पाँच रुपैयाँको टेस्टी चकलेट किनेर खाएँ।

एकछिनपछि टीभी हलको पल्लो कोठा, जो अलिक सानो थियो, सायद त्यहाँबाट मलाई पुुलबजार पुुर्‍याउने दूतहरू पसिनाको थोपा निधारभरि टल्काएर निस्के। तल्लो तलामा झरेर बोहोरा साहुुजीलाई ‘साउजी, हामी बाइजाँदा भयाउ, माठा भैग’ भने। दाइहरू हाँस्दै फर्के। उकालो चढ्दै गर्दा मैले उनीहरूलाई फिलिमका सबै किस्सा सुुनाएँ, फाइट सुुनाएँ। यसरी मैले पहिलोपटक आफूलाई पुुलबजारको सिनेमा ग्राहक बनाए। आजपर्यन्त कसैले सुुइँको पाएन, त्यो भारु सयको हरियो नोटको। फिलिममा त मेरो कति नै खर्च भयो होला र ? वास्तवमा मेरो फिलिममा होइन, बदिनीसँगको संसर्गमा त्यो नोट चिलिम पारेका थिए, दाइहरूले।

२०६५ मैले एसएलसी दिएको वर्ष। गाउँमा एसएलसी दिएकाहरू आफूलाई ठूलै ठान्थे। बादी परिवार आएको यी चार वर्षमा पुुलबजारको चर्चा, अछामका ठूला बजार जयगढ, कमलविनायक, मंगलसेन, साँफेबगरसम्म पनि सुुनिन्थ्यो। सदरमुुकाम मंगलसेन गएर फर्किंदा रात परेपछि बास बस्ने थलो थियो, पुुलबजार। जयगढबाट भारी बोकेर आउनेहरूको सुुस्ताउने थलो थियो, पुुलबजार। बम्बईवालहरू घर फिर्दा रात पर्‍यो भने बस्ने थलो थियो, पुुलबजार।

बम्बईबाट आउनेहरूको भारु खर्च गर्ने थलो बन्यो, पुुलबजार। एकाध सरकारी कर्मचारीको नेरु तलब खर्च गर्ने स्पट बन्यो, पुुलबजार। ज्यालादारी काम गरेकाहरू थकाइ मार्दै जाँड खाने थलो बन्यो, पुुलबजार। युुवाहरूको नाइट सो फिलिम हेर्ने, पौडी खेल्न जाने, माछा चाउचाउ खाने थलो बन्यो पुुलबजार। अछामलाई दुुई भागमा चिरेर बग्ने कैलाश खोलाको त्यो पुुलबजार दुुईतिरका अछामीको मिलन केन्द्र बन्यो।

दसैंको बेला, कालागाउँको फेद पुुलबजारको दक्षिणी सिरान रोलमा आरीको राम (जात्रा) लाग्छ। रातभर चल्ने त्यो जात्राको ह्याङओभरसँगै एउटा अर्को खबर पनि आयो, ‘मेलामा कसैले बादीकी कान्छी छोरीका चुुचुुमा दाँती खायो।’

थाहा छैन, यो कसले देखेको थियो। अथवा कसले देख्यो, उसको वक्षस्थलमा दाँतका डोब। तर पनि खबरले गाउँका युुवाहरू रनक्क भए।

बादी परिवार पुुलबजारमा आउँदा श्रीमान् श्रीमती र दुुई छोरीसहित आएका थिए। जेठी छोरी पुुलबजारमा आउनासाथ बोहोरा साहुुजीको खाना पकाउने, लुुगा धुुने कर्ममा खटिएकी थिई। कान्छी छोरीका लागि त्यस्तो कुुनै खटनपटन थिएन। धेरैजसो समय ऊ फिलिम हलको पल्लोतिर भएका कोठामा हुुन्थी। जहाँबाट मेरा दुुईजना दाइ पसिना बगाउँदै निस्केका थिए। कहिलेकाहीँ जेठी पनि त्यो पसिना बगाउने कोठामा हुुन्थी।

विस्तारै गाउँमा विकासको बाढी आयो। बादी परिवार र पुुलबजार अब सामान्य भइसकेको थियो। सामान्य यस अर्थमा कि पुुलबजार गाउँलेहरूको दैनिकीमा जोडिएको थियो। र, दैनिकी जहिले पनि सामान्य हुुन्छ। बादी मादल पनि बनाउँथ्यो। उसको आम्दानीको स्रोत त्यही थियो। म आफंै संस्थापक अध्यक्ष रहेको सुुन्दर समाज बाल युुवा क्लबका लागि मादल पनि त्यही बादीले बनाएको थियो। सात सय रुपैयाँ तिरेर हामीले त्यो मादल किनेका थियौं। अब त त्यो मादलका सबै खरी झरिसके होलान्। खै, त्यो मादल कता पो छ ?

गाउँमा बिजुुली बल्न थाल्यो, फिलिम हल धाउनेहरू कम भए। धेरैजसो परिवार टीकापुुर, धनगढी, बर्दिया बसाइँ सरे। पुुलबजारमा माछा, चाउचाउ खाने जमात घट्यो। मिल चल्न थाले, घट्ट पिस्नेहरू कम भए। वारिपारिका गाउँमा सडक पुुग्यो, सडकसँगै ट्याक्टर, जिप पुुग्न थाले। बोहोरा साहुुजीको दोकानसम्म पुुग्ने जाँगरिला युुवा बम्बई र खाडी गए। गाउँमा बचेका वृद्धवृद्धाहरूको सजिलोको लागि घरनजिकै पसल खुुले। बम्बईवालाहरू पनि घटे, उनीहरू अब टीकापुुरभन्दा माथि आउन रुचाउँदैन थिए।

त्यस्तैमा एक दिन गाउँमा खबर आयो। बादीको परिवारले पुुलबजार छाड्यो। बर्खाको मौसम थियो। पानी झमझम परिरहेको थियो। वरिपरिका डाँडाबाट कुुहिरो ओरालो झर्दै थियो। त्यही कुुहिरोसँगै बादीले पुुलबजार छाडेको खबर पनि बस्तीमा झर्‍यो। जसरी उनीहरू बिना कुुनै सूचना, पूर्वजानकारी पुुलबजारमा बस्न आएका थिए, त्यसरी नै चुुपचाप गए। कसैले बताउन सकेन उनीहरू कता गए। धेरै दिनसम्म गाउँमा बादी परिवारका छोरीहरूको सबैखाले चर्चा छायो। र, त्यो चर्चा विस्तारै सेलायो।

बादीकी जेठी छोरी भने बोहोरा साहुुजीको साहुुनी भएर अझै पनि छे। मान्छेहरूले भुलिसके, तिनी बादीकी छोरी हुुन् भन्ने। पुुलबजार अब त सुुनसान बन्यो। किनकि गाडी पनि पुुलबजारलाई तल पार्दै माथिबाटै जान थाल्यो। घरघरमा टीभी र हातहातमा मोबाइल फोन पुुगे। अब कोही फिलिम हेर्न सय रुपैयाँ भारु चोर्दैनन्। सारा गाउँ र युुवाहरूलाई तताउने पुुलबजार बादीको गमनसँगै सेलायो। दुुई भागमा बाँडिएको अछामलाई जोड्ने ल्याकत राख्ने पुुलबजार निस्तेज भयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.