पर्वतका सबै स्थानीय तहमा बैंक

पर्वतका सबै स्थानीय तहमा बैंक

 कुस्मा ः  पर्वतका सात वटै स्थानीय तहमा बैंकिङ सुविधा विस्तार भएको छ। केही महिनाअघिसम्म आर्थिक कारोबारका निम्ति सदमुकाम रहेको कुस्मा नगरपालिकामा धाउन बाध्य स्थानीय वासिन्दा अब भने आफ्नै गाउँबाट सेवा लिन पाउने भएका छन्।

बैंकका शाखा विस्तार नहुँदा जिल्लाको फलेवास नगरपालिका र महाशिला, विहादी र जलजला गाउँपालिकाका वासिन्दा समस्यामा थिए। पछिल्लो समय ती सबै तहमा विभिन्न बैंकका शाखा विस्तार भएका छन्। कुस्माबजारमा झन्डै दुई दर्जनको संख्यामा वाणिज्य र विकास बैंक भए पनि अन्य स्थानीय तह भने बैंकविहीन बनेका थिए। पछिल्लो समय जलजला गाउँपालिकामा इन्भेस्टमेन्ट बैंक र एनआईसी एसियाले शाखा विस्तार गरेका छन्। फलेबास नगरपालिकामा वाणिज्य बैंकको शाखा पुनःस्थापना भएको छ। योबाहेक देव विकास बैंक र गरिमा बैंकले पनि शाखा विस्तार गरेका छन्। यसैगरी महाशिला गाउँपालिकामा द्वन्द्वकालमा विस्थापित राष्ट्रिय वाणिज्य बैंकको शाखा दुई महिनाअघि विस्तार भएको छ। गाउँपालिकाले सबै आर्थिक कारोबार सोही शाखाबाट गर्न थालेको छ।

जिल्लाको विकट गाउँपालिका विहादीमा प्रभु बैंकले हालै शाखा विस्तार गरेर कारोबार सुरु गरेको छ भने पैंयु गाउँपालिकामा कृषि विकास बैंक, गरिमा विकास बैंक र गण्डकी विकास बैंकले शाखा विस्तार गरेर आर्थिक कारोबार गर्दै आएका छन्।

यता मोदी गाउँपालिकामा पनि गत वर्षदेखि राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भएको थियो भने लुम्बिनी विकास बैंकको शाखा रहेको छ। गाउँपालिकामै बैंकको शाखा विस्तार भएपछि आर्थिक कारोबारमा सहजता आउने बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले बताए। उनले भने, ‘केही महŒवपूर्ण कामबाहेक अन्य सबै आर्थिक गतिविधि गाउँमै विस्तार भएका बैंकका शाखाबाट गरिनेछ।’

पछिल्लो समय जलजला गाउँपालिकामा इन्भेस्टमेन्ट बैंक र एनआईसी एसियाले शाखा विस्तार गरेपछि सबै तहमा बैंक पुगेका छन्।

केही महिनाअघिसम्म सबैजसो स्थानीय तह बैंक तथा अन्य कुनै पनि वित्तीय संस्था नहुँदा सदरमुकामकै बैंकको भर पर्नुपर्ने अवस्था थियो। सहरीकरणबाट पछाडि परेका ती गाउँपालिकामा बैंक तथा वित्तीय संस्था पुगेपछि स्थानीय बासिन्दालाई समेत ठूलो राहत मिलेको छ। बैंक विस्तार भएसँगै सामाजिक सुरक्षा भत्ता पनि बैंकिङ प्रणालीबाट भुक्तानी गर्ने योजना समेत उनीहरूले बताएका छन्।

स्थानीय तहमा सबैखाले अधिकार आए पनि वित्तिय कारोबार गर्न भने साविकको सदरमुकाम नै पुग्नुपर्ने अवस्था थियो। गाउँमै वाणिज्य बैंकले शाखा पुनःस्थापना गरेपछि सहज भएको महाशिला गाउँपालिकाका लेखापाल टुकनाथ रेग्मीले बताए।

कर्मचारीको तलब, विकास निर्माण कार्यको भुक्तानी, सामाजिक सुरक्षा भत्तालगायत भुक्तानीका लागि १२ घण्टाको पैदल यात्रा गरेर कुस्माबजार पुग्नुपर्ने बाध्यता हटेको विहादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश शर्माले बताए। गाउँपालिकामा दुईवटा शाखा विस्तार भएपछि आर्थिक गतिविधिका लागि कुश्माबजारनै जानुपर्ने बाध्यता हटेको जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले जानकारी दिए।

जिल्लाको सदरमुकाम रहेको कुश्माबजारमा नेपाल बैंक, वाणिज्य बैंक, कृषि विकास बैंकलगायत आधा दर्जन ‘क’ वर्गका वाणिज्य बैंक र अन्य गरी दुई डेढ दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्था छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.