स्वास्थ्यमा सचेत बन्दै महिला

स्वास्थ्यमा सचेत बन्दै महिला

 फिदिम : स्वास्थ्यको ख्याल नगरी खेत बारीमा काम गर्ने पाँचथरका महिला पछिल्ला दिनमा सचेत बन्दै गएका छन्। व्यवसायजन्य स्वास्थ्य सुरक्षाका बारेमा महिला किसानलाई जानकारी भएपछि उनीहरु मेलापातमा निस्कदा स्वास्थ्यलाई ख्याल गर्न थालेका हुन्। 

‘काम गर्न बारीमा निस्कदा चप्पल जुत्ता घरमै राखेर काम गर्न निस्कन्थ्यौ,’ तुम्बेवा गाउँपालिका ३ आङ्नाकी विष्णुमाया तामाङले भनिन् ‘हात खुट्टामा चोट लागेर रगत बगेको ठाँउमा माटो लगाउँथ्यौ। तर, त्यसो गर्नु खतरा रहेछ।’तामाङले अहिले प्राथमिक उपचारका सामाग्री घरमै राखेकी छन्। ‘काम गर्ने क्रममा सहजै चोटपटक नलागोस भनेर खुट्टा ढाक्ने गम्बुट लगाएर काम गर्न थालेका छौँ,’ उनले भनिन् ‘यसो गर्दा चोटपटक लाग्नबाट जोगिने रहेछ।’

आङ्नाका महिला जस्तै याङवरक गाँउपालिकाका महिलाले पनि स्वास्थ्य सुरक्षाका बारेमा ध्यान दिन थालेका छन्। ‘घरभित्रको कामदेखि घरबाहिरको मेलापातमा गरिने जोखिमपूर्ण कामले गर्दा हाम्रो स्वास्थ्य खराब भएको रहेछ,’ फलैँचाकी निर्मला नेपालले भनिन्, ‘स्वास्थ्यलाई ख्याल गरेर काम गर्दा ठूलो खर्चहुनबाट पनि बचिने रहेछ।’ 

गाउँका महिला समूह संगठित भएर व्यवसाय गर्दा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका बारेमा सचेत बनेका हुन्। महिला जागरण संघ पाँचथर जिल्लाका विभिन्न स्थानमा महिला समूह गठन गरी व्यवसायजन्य स्वास्थ्य सुरक्षा सम्बन्धी प्राथमिक तालिम दिएपछि ग्रामीण क्षेत्रका किसान सचेत भएका हुन्। ‘विशेष गरी अदुवा कृषकका लागि हामीले स्वास्थ्य बारे सचेत गराएका हौँ,’ महिला जागरण संघ पाँचथरकी अध्यक्ष मिना रिजाल (केरुङ) ले भनिन्, ‘महिलालाई संगठित गरी दिएको आधारभुत तालिममले घरपरिवार र गाउँमै परिवर्तन ल्याएको छ।’ 

पाँचथरका फलैँचा, एकतीन, प्राङबुङ, हाङ्गुम, सिदिन, माङ्जाबुङ, मौवा, हाङ्गुमलगायतका स्थानमा महिला कृषक समूह गठन गरी उनीहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सचेतनाका लागि तालिम भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.