बोन प्रक्रिया खारेज गर्न नर्सिङ विद्यार्थीको माग

बोन प्रक्रिया खारेज गर्न नर्सिङ विद्यार्थीको माग

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका नर्सिङ विद्यार्थीले बोन प्रक्रिया खारेज गर्न माग गरेका छन्।बोन प्रक्रियाअन्र्तगत प्रतिष्ठानले स्टाफनर्स अध्ययनरत पूर्ण छात्रवृत्ती नर्सिङ विद्यार्थीलाई अध्ययन सकिएपछि ३ वर्ष, आंशिक छात्रवृत्रिलाई २ वर्ष र आरक्षणलाई १ वर्ष करारमा काम गर्ने अवसर दिने भनिए पनि त्यसलाई पूर्ण कार्यान्वयन नगरेको भन्दै उनीहरुले  खारेज गर्न माग गरेका हुन्। 

बोन प्रक्रियाअन्र्तगत उनीहरुका शैक्षिक योग्यताका सबै प्रमाणपत्र धरौटीमा राखिएका छन्। प्रक्रिया खारेज गर्न माग गर्दै बिहीबार नर्सिङ विद्यार्थीले प्रतिष्ठानलाई दबाब दिइरहेका छन्। दबाबस्वरुप प्रतिष्ठानको प्रशासन शाखामा विद्यार्थीले तालाबन्दी गरेका थिए। प्रतिष्ठान र प्रहरी मिलेर ताला  खोलिसकेका छन्।                               

'प्रतिष्ठानले कि त बोन प्रक्रियाअनुसार हामीलाई जागिरको व्यवस्था गर्नुपर्‍यो, होइन भने प्रक्रियानै खारेज हुनुपर्छ' नर्सिङ विद्यार्थी अन्जना न्यौपानेले भनिन्, 'बोन प्रक्रियाअनुसार कवुलियतनामा बनाएर प्रतिष्ठानद्धारा हामीलाई झुक्याउने मात्र काम भयो,यसरी झुक्याएर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न मिल्दैन।'

बोन प्रक्रियाअनुसार अध्ययनपछि करार स्टाफनर्स नियुक्ति नहुँदा प्रक्रिया विपरित मात्र भएको छैन, नर्सिङ विद्यार्थी मारमा परेको उनले गुनासो गरिन्।यहि वैशाख १४ गते प्रतिष्ठानले प्रकाशन गरेको सूचनाका आधारमा वैशाख ३१ गते लिएको लिखित परीक्षामा ६ जना करार स्टाफनर्स मात्र नियुक्ति गरिएपछि असफल उम्मेदवारले यस्तो विवाद निकालेका हुन्।

उनीहरुले बोनका आधारमा सिधै आफूहरुलाई जागिर दिनुपर्ने माग गर्दै खुला विज्ञापनमार्फत प्रतिष्पर्धा गराइएकोमा असन्तुष्ट व्यक्त गरेका छन्। प्रतिष्ठानबाट अध्ययन सकाएका ५ जना बोनको नर्सिङ विद्याथीमध्ये १ जना छात्राले मात्र नाम निकाल्न सफल भएकी छन् भने अन्य बाहिर जिल्लामा अध्ययन विद्यार्थी रहेको बताइएको छ। 

आफूहरुलाई आवेदनमा दरखास्त दिन लगाएर फसाँइएको उनीहरुको आरोप छ। 'प्रतिष्ठानमा बोनअन्र्तगत काम पाउने आशामा बसियो, सुरुमा प्रतिष्ठानले बोन (आवाश्यक सबै शैक्षिक योग्यताका प्रमाणपत्रहरु) फिर्ता गरेन। बोन फिर्ता नपाएकै कारण मैले अन्त दरखास्त दिन पनि पाइन,' नर्सिङ विद्यार्थी सावित्रा शाहिले भनिन्, 'अनमिदेखि विभिन्न गाउँपालिकामा खुलेका विज्ञापनमा पदपूर्ति भैसकेपछि प्रतिष्ठानले बोन फिर्ता लैजाउ भन्छ, यो सरासर अन्यायपूर्ण काम हो।'

उनीजस्तै अन्य बैकल्पिक उम्मेदवारले पदपूर्तिमा राजनीतिक भागबण्डा भएको आरोप लगाएका छन्।यता प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेकाअनुसार बोन प्रक्रिया खारेज नभई उनीहरुको मात्र बोन फिर्ता हुने बताइएको छ।'नियमसंगत प्रतिष्ठानले करार स्टाफनर्स पदपूर्ति गरेको छ,परीक्षामा असफल भएँ भनेर विभिन्न बहाना बनाई उनीहरुले कुरो लम्भ्याउन मात्र खोजेका छन्,उनले भने, 'बोनका आधारमा प्रतिष्ठानले एकैपटक सबैलाई जागिर दिन सकिदैन।'
   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.