रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बिर्तामोड : झापाको कमल गाउँपालिका ५ मा गएराती रोकिराखेको ट्र्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ। 

मेची राजमार्ग अन्तर्गत कमल गाउँपालिका ५ पाडाजुँगी चोकमा राति करिब साढे ११ बजे बिग्रेर रोकिराखेको मे १ त ४५२८ नम्बरको ट्र्याक्टर पछाडि को ३३ प १९५१ नम्बरको मोटरसाइकल ठक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो।

मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिका ८ बस्ने ३१ वर्षका राजु लिम्बु र पछाडि सवार मोरङ पथरी शनिश्चरे ८ बस्ने २५ वर्षीया विमला लिम्बुको दुर्घटनामा ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको दमकस्थित लाइफ लाइन अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्र्याक्टर चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ भने दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी कार्यालयमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.