फर्किएपछि सन्दीपले भने, आईपीएलबाट नेपाल चिनाएँ

फर्किएपछि सन्दीपले भने, आईपीएलबाट नेपाल चिनाएँ

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मार्फत नेपाललाई चिनाउन पाएकोमा खुसी भएको बताएका छन्। भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागी भएर मंगलबार स्वदेश फर्किएका सन्दीपले आफ्नो आईपीएल यात्रा अविस्मरणीय भएको उनले सुनाए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दिल्ली डेयर डेभिल्समा रहेर धेरै कुरा सिक्न पाएको बताए। ‘आईपीएलमा नेपाललाई चिनाउने राम्रो मौका पाएँ’ , उनले भने, ‘आगामी दिनमा पनि नेपाल र नेपाली क्रिकेटलाई चिनाउने काममा लाग्नेछु।’ उनले त्यहाँ सिकेका कुरा नेपाली क्रिकेटमा प्रयोग गर्ने बताए।

उनले पहिलो खेलमा गरेकोे प्रदर्शनकै आधारमा कारण बाँकी दुई खेलमा पनि मौका पाएको बताए। उनले आफ्नो आईपीएल यात्रा अविस्मरणीय रहेको बताए। ‘आईपीएल अविस्मरणीय रह्यो। पाएको अवसर राम्रोसँग सदुपयोग गर्न सकें’, सन्दीपले भने। एयरपोर्टमा उनलाई स्वागत गर्न समर्थकको बाक्लो उपस्थिति रहेको थियो।

अाईपीएल क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेका सन्दीपले आफ्नो पहिलो सहभागितालाई नै सफल बनाउँदै आगामी संस्करणका लागि गतिलो सम्भावनाको ढोका खोलेर स्वदेश फर्किएका हुन् । आईपीएलको यो सिजनमा दिल्ली डेयरडेभिल्समा आबद्ध भएर पछिल्ला तीन खेलमात्र खेल्ने अवसर पाएका १७ वर्षीय सन्दीपले तीनवटै खेलमा विकेट लिएर आफ्नो सनसनीपूर्ण खेल प्रदर्शन गरेका थिए । 

आईपीएलमा चम्किएका सन्दीप स्वदेश फिर्ता 

सन्दीप आईपीएल बलिङको शीर्ष स्थानमा

चेन्नईविरुद्ध चम्किए सन्दीप, दिल्ली ३४ रनले विजयी

डेब्यु खेलमै प्रभाव छाडे सन्दीपले

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.