भाइको शव ल्याउँदै गरेका दाइको गाडीबाट खसेर मृत्यु

भाइको शव ल्याउँदै गरेका दाइको गाडीबाट खसेर मृत्यु

फिदिम् : मलेसियामा सडक दुर्घटनामा परी ज्यान गुमाएका भाइको शव बुझेर घर ल्याउने क्रममा गाडीबाट झरेर दाइको मृत्यु भएको छ।

फक्ताङलुङ गाउँपालिका २ खेजनिमका भक्तबहादुर सवेहाङको मेची राजमार्गअन्तर्गत पाँचथरको टारी भन्ने स्थानमा शव बोकेको बा १७ च ८४५१ नम्बरको पिकअप भ्यानबाट झरेर मंगलबार मृत्यु भएको हो। 

दुई वर्ष पहिले मलेसिया पुगेका भाइ देवीप्रसाद सवेहाङको एक हप्ताअघि मलेसियामा सडक दुर्घटनामा परी ज्यान गएको भक्तबहादुरका भतिजा पर्ने हेमबहादुर लिम्बूले जानकारी दिए।

भाइ देवीप्रसादको शव लिएर आउने क्रममा पिकअप भ्यानबाट झरेर भक्तबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ।पिकअप भ्यानका चालक मनोज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।गाडीबाट झरेर गम्भीर घाइते भएका भक्तबहादुरको उपचारका लागि पाँचथर अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.