२४ वर्षपछि छोरा भेटिँदा..

२४ वर्षपछि छोरा भेटिँदा..

परिवारको सदस्य हराउँदा बाँकी सदस्यले ठूलो हैरानी बेहोर्नुपर्छ।हराएको व्यक्ति जीवित भए/नभएको थाहा हुँदैन। कुनै दिन ती व्यक्ति फर्किएर आउनसक्छन् भन्ने आश आफन्तमा हुन्छ। यस्तो आश जगाउने एउटा घटना चीनमा भएको छ। एक दम्पतीले २४ वर्षअघि हराएको छोरा फेला पारेको छ। 

सन् १९९४ को अगस्ट ८ मा ली लाई नाम गरेका बालक आमासँग घुम्न निस्किएका थिए। चीनको सान्सी प्रान्तको भीडभाडमय बजारमा घुम्दै गर्दा लेई हराएका थिए। आमा दूले छोरालाई चारैतिर खोजिन्, तर फेला पारिनन्। 

घरका सबै सदस्य मिलेर खोजे। प्रहरीमा खबर गरे। तर, पनि लेई फेला परेनन्। अन्त्यमा ली परिवारले कसैले छोराको अपहरण गरेको हुनसक्ने अथवा मारेर अंग झिकेको हुनसक्ने आशंका गर्‍यो। वर्षौं खोज्दा पनि छोरा फेला नपरेपछि उनीहरूले माया मारे। 

तर, लेई जिउँदै रहेछन्। तीन वर्षको हुँदा हराएकाले घरको ठेगाना आदिबारे उनलाई केही थाहा थिएन। एक दिन उनले हराएका व्यक्तिको खोजी गर्ने संस्थाले त्यस्ता व्यक्तिको रगतको स्याम्पल लिने गरेको थाहा पाए। उनले गएर रगत दिए। उनले दिएको रगतको नमुना सानो छँदा अस्पतालमा उनका आमाबाबुले बुझाएको उनको रगतको नमुनासँग मिल्यो।

त्यतिबेला दिइएको रगतको स्याम्पल डाटाबेसमा अझैसम्म सुरक्षित छ। रगतको नमुनाका आधारमा हराएको छोरो पुनः भेटिएपछि आमाबाबुले आशु झाँर्दे लेईलाई अँगालेको तस्बिर अहिले चीनको सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.