करेन्ट लागेर बालिकाको मृत्यु
दमक : झापाको कचनकबल गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। कचनकबल गाउँपालिका ६ सिंहमारी बस्ने मोहबत राजवंशीको १२ वर्षीया छोरी इन्द्रा राजवंशीको करेन्ट लागेर मृत्यु भएको हो।
इन्द्राको शनिबार टेबुल पंखाबाट करेन्ट लाग्दा उपचारका लागि लानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो आफ्नै घरमा पंखा चलाउन खोज्दा करेन्ट लागेर बालिका गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि मेची अंचल अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।