नेपाली सेनाको झाँकीमा सर्वसाधारणको घुइँचो

नेपाली सेनाको झाँकीमा सर्वसाधारणको घुइँचो

मलंगवा : प्रदेश नं. २ को जातीय, भाषिक र धार्मिक पहिचानको उत्थानका लगि नेपाली सेनाले आइतबार मलंगवामा प्रर्दशन गरेको झाँकी प्रर्दशन सर्वसाधारणका घुइँचो रहेको छ । 

झिझिया र होलीको गीतमा सेनाले प्रस्तुति देखाउँदा सर्वसधारण निकै उत्साहित देखिएका थिए ।

सधैं भोजपुरी र हिन्दी गीतमा रमाउने युवाहरु आइतबार सेनाले लोकगीतमा देखाएको झाँकीमा युवाहरु र महिलाहरु निकै उत्साहित देखिएका थिए । प्रदेश नं. ८ जिल्लाबाट आएको सेनाको टोलीले झिझिया, होली, लाखे, छठ, रोपाईँ तथा पानी पार्नका लागि इन्द्र देवतालाई खुशी पार्ने गीतमा उनीहरुले झाँकी प्रर्दशन गरेका थिए । 

नेपाली सेनाले प्रर्दशन गरेको झाँकीले जातीय तथा धार्मिक पहिचानलाई स्थापित गर्न ठूलो योगदान पुर्याएको मलंगवाका दिपेन्द्र यादवले बताए । ‘पश्चिमी सभ्यताप्रति प्रभावित भएका युवा पुस्ताले आफ्नो पहिचानलाई गुमाउँदै गएको छ’, यादवले भने, ‘हामीले संरक्षण गर्नु पर्ने सभ्यतालाई नेपाली सेनाले जर्गेना गरेको देख्दा खुशी लागेको छ ।

 नेपाली सेनाको मध्य पूर्वी पृतनाको आयोजनामा आयोजित कार्यक्रममा ८ जिल्लाका साँस्कृृतिक पहिचानको रुपमा रहेको नाच प्रर्दशन गरेका छन् । स्थातीय भेषभुषालाई प्रोत्साहनका गर्नका लागि झाँकी तथा साँस्कृतिक कार्यक्रम गरिएको नेपाली सेनाले जनाएको छ ।

कार्यक्रममा झिझिया, होली, छठ लगायतका पर्वमा गाउँने गीतमा सेनाका जवानहरुले आफ्ना प्रस्तृति देखाएका थिए । झाँकी तथा साँस्कृतिक कार्यक्रम भन्दा अगाडि सेनाले बाढी पहिरो, शित लहरको समयमा सर्वसाधारणलाई गरेको सहयोग फोटोहरु प्रर्दशनी दिएका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.