'मिसन पूरा नगरी फोरम–राजपा गठबन्धन टुट्दैन’

'मिसन पूरा नगरी फोरम–राजपा गठबन्धन टुट्दैन’

जनकपुरधाम : प्रदेश २ का भौतिक पूर्वाधार तथा योजनामन्त्री जितेन्द्रप्रसाद सोनारले फोरम–राजपा गठबन्धन नटुट्ने बताएका छन्।

संघीय समाजवादी फोरम केन्द्र सरकारमा सहभागी भएपछि प्रदेश २ मा सत्तारुढ गठबन्धनको निरन्तरताबारे आशंका बढेका बेला राजपा प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका मन्त्री सोनारले यस्तो बताएका हुन्। ‘केन्द्रमा जेसुकै होस् तर प्रदेशमा त्यसको असर पर्दैन’, प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले भने, ‘किनकि, यो गठबन्धन विशेष सुविधाका लागि मात्र गरिएको होइन।’ फोरम नेतृत्वको सरकारप्रति राजपाको समर्थन निरन्तर रहिरहने उनले बताए।

सदनको विशेष समय लिएर बोल्दै उनले जनताको अपेक्षाअनुरूप एकै उद्देश्यका साथ सरकार गठन भएको बताए। ‘यो मिसनरी सरकार हो’, उनले भने, ‘यो सरकारले मिसन पूरा गरेरै छाड्छ। फोरम­–राजपा गठबन्धन टुट्दैन।’

उनले केही मिडियामार्फत आफ्नो चरित्रहत्या गर्ने प्रयास भएको आरोपसमेत लगाए। ‘जबर्जस्ती ममाथि भ्रष्टाचार गरेको आरोप थुपारिँदै छ’, उनले भने, ‘ कसैले भ्रष्टाचार प्रमाणित ग¥यो भने म राजनीति त्याग गरिदिन्छु।’ नेकपाले अहिले आफ्नो र सरकारको केही बिगार्न नसक्ने दाबी गरे।

उनले चार महिनामा प्रदेश सरकारले अपेक्षाभन्दा बढी उपलब्धि हासिल गरेको दाबीसमेत गरे। उनका अनुसार सडक, शिक्षा, स्वास्थ्यदेखि हरेक योजनामा सरकार सफल हुँदै गएको छ। सरकार गठनदेखि नै बदनाम गराउने तŒव सक्रिय रहेको उनको भनाइ थियो।

उनको अभिव्यक्तिप्रति कटाक्ष गर्दै कांग्रेस प्रदेशसभा संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकार इमानदार नरहेको संकेत गरेका थिए। ‘कहाँ कति खर्च भयो भन्ने अहिलेसम्म सदनमा पनि सार्वजनिक गरिएको छैन्’, उनले भने, ‘अनि कसरी यो सरकारलाई हामीले इमानदार सरकार मानौं ? ’ सबै खर्च विवरण सार्वजनिक गरेपछि थाहा हुन्छ को कति इमानदार ? ’

मन्त्री सोनारजस्तै नेता यादवले पनि सदनमा हिन्दीमा सम्बोधन गरेका थिए। राजपा–कांग्रेसको जुहारीपछि सभामुखले अर्को बैठकमा पेस हुने प्रदेश सरकारको आगामी वर्ष २०७५÷७६ नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए। उनका अनुसार २४ जेठमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत गरिनेछ। नीति तथा कार्यक्रम पास भइसकेपछि ३० जेठभित्र नयाँ बजेट सार्वजनिक गरिने गृहकार्य भइरहेको अर्थ मन्त्रायले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.