वडा कार्यालयबाटै कर तिर्ने व्यवस्था

वडा कार्यालयबाटै कर तिर्ने व्यवस्था

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिकाले कर तिर्न नगरपालिका कार्यालय आउन नपर्ने व्यवस्था मिलाएको छ । सूचना र प्रविधिको उपयोग भएपनि स्थानीय तहले एकीकृत सम्पत्ति कर भने मुख्य कार्यालयमै तिर्नुपर्ने व्यवस्था गरेका छन् । तर सूचना प्रविधिको विकासमा निकै अगाडि बढेको नगरपालिकाले नगरलाई बुझाउनुपर्ने सबै करसमेत वडाबाटै लिन मिल्ने व्यवस्था मिलाएको छ । नगरपालिकाले सबै वडा कार्यालयमा इन्टरनेटको पहुँच विस्तार गरेर कर तिर्नकै लागि कार्यालय नआइ जुनसुकै वडा कार्यालयबाट तिर्न सकिने व्यवस्था गरेको नगरपालिकाका सूचना तथा प्रविधि शाखा प्रमुख त्रिलोचन लम्सालले बताए ।

नगरपालिका भएपनि ठूलो भूगोलका कारण कर बुझाउनकै लागि कार्यालय जानुपर्दा सास्ती भोगेको गुनासो गर्ने वडा नम्बर ७ का खड्गसिं थापा अहिले वडाबाटै तिर्न पाउँदा सजिलो भएको बताउँछन् । ‘यत्तिले गर्दा पनि धेरैलाई सजिलो भएको छ’, उनले भने । यसअघि धेरै नगरवासीको गुनासो वडामै सबै कर बुझाउन पाउनुपर्ने थियो । सिफारिसका लागि शुल्क वडामै बुझाए पनि एकीकृत सम्पत्ति करका लागि भने नगरपालिकामा मात्र लिने व्यवस्था थियो । ‘सूचना प्रविधि भएपछि वडाबाटै लिएपनि सिधै नगरपालिकामा जानकारी आउने भएको छ’, सूचना प्रविधि शाखा प्रमुख लम्सालले भने,‘यसले वडावासीलाई पनि सहज भएको छ ।’ नगरपालिकामा हुने अनावश्यक भिडभाडसमेत नियन्त्रण भएको अनुभव नगरपालिकाको छ ।

अनलाइनबाटै घटना दर्ता

अहिले नगरपालिकाले सूचना प्रविधिकै प्रयोग गरेर व्यक्तिगत घटना दर्ता अनलाइनबाटै गर्न सकिने व्यवस्था गरेको छ । ‘घरमा इन्टरनेट नहुनेका लागि समेत वडाबाटै अनलाइनमा दर्ता गर्ने व्यवस्था गरिएको छ,’ लम्सालले भने । यसले गर्दा व्यक्तिगत घटनाका तथ्यांक एकै ठाउँमा राख्न र समयअनुसार अद्यावधिक गर्न सहजता आएको उनको जिकिर छ । अब नगरपालिकाले पुराना कागजमा रहेका घटनाका दर्तालाई समेत डिजिटलाइज्ड गरेर सर्भरमा राख्ने तयारी गरेको छ । यसले गर्दा तथ्यांक भण्डारण र सुरक्षामा सजिलो हुने तर्क नगरपालिकाको छ ।

नगरपालिका क्षेत्रका सबै माध्यमिक विद्यालयमा शिक्षकको डिजिटल हाजिरी थालेको छ । ‘कुनै विद्यालयमा शिक्षक पुगे नपुगेको सर्भरबाट जनप्रतिनिधिले सिधै हेर्न सक्ने व्यवस्था गरिएको छ’, उनले भने । यसले गर्दा नगरपालिकाको कार्यालयबाटै विद्यालयको हाजिरी अवस्था थाहा पाउन सकिने दाबी नगरपालिकाको छ ।

मोबाइल एप्लिकेसनमा सबै सूचना

नगरपालिकाले आफूले प्रदान गर्ने सेवाबारेको जानकारी मोबाइल एपमा दिन थालेको छ । बोर्डका निर्णयहरु तथा आवश्यक जानकारीहरु मोबाइल एप दिन थालेको र एपको प्रचार गरिएको शाखा प्रमुख लम्सालले बताए । एप प्रयोग नगर्नेका लागि नगरपालिकामा डिजिटल वडापत्र राखेर जानकारी दिने गरिएको छ ।

‘प्रविधि जान्ने र नजान्नेका लागि समेत आवश्यक जानकारीको पहुँच प्रविधिकै माध्यमबाट सहज बनाइएको छ’, उनले भने । नगरपालिकाका जनप्रतिनिधिलाई समेत सूचना प्रविधिका बारेमा जानकार गराउँदै प्रयोगमा बढावा दिन थालिएको नगरपालिकाका प्रमुख किसान गुरुङले बताए । नगरपालिकाले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै नागरिकलाई सहज सेवा दिन थालेको उनले बताए । नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको तथ्यांकसमेत अनलाइनबाटै लिने व्यवस्था गरेको छ । सेवाग्राहीले सिधै बैंकमा गएर लिने भत्ताको तथ्यांक अनलाइनबाटै राख्ने गरिएकाले झन्झट हटेको दाबी नगरपालिकाको छ । नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत काशीराम गैह«े सूचना प्रविधिबाट सहज सेवाका हिसाबले नगरपालिका यस क्षेत्रमै नमूना बन्ने प्रयासमा रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.